१ मंसिर २०८१ शनिबार
image/svg+xml

नारायणी नदीले ‘खतरा’ तह नाघ्यो, ‘हाई अलर्ट’ जारी

नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जल सतहले ‘खतरा’ तह पार गरेकाले नारायणीको तटीय क्षेत्रमा पर्ने नवलपरासी र चितवनका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा सर्न महाशाखाले आह्वान गरेको छ ।

बाढी आएपछि नदीमा पुग्छन् बोटे समुदाय

असारको उर्लिदो भेल । नदीमा जब बाढी आएको थाहा हुन्छ तब व्यास–५ का बोटे समुदाय दौडेर नदी किनारामा आइपुग्छन् । बाढी आएपछि उनिहरुलाई मिनेट मिनेटको महत्व छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्नको लागि उनिहरु व्यस्त हुने गरेका छन् ।

आज राति यी स्थानमा ठूलो वर्षाको सम्भावना

प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र लाल बकैया नदीमा बाढी कम भएपछि नदी कटान तीव्र

बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका छन् ।

नदी कटान रोक्न आवश्यक काम भइरहेको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन्।

सेती नदीको बाढीले ४३ घरमा जोखिम, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् ।

सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। आज बिहान ८ बजेको मापन अनुसार दुई लाख सात हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। हिजो रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो क्रममा छ।

नदीजन्य वस्तुको अवैध उत्खनन् रोक्न निर्देशन

एक साताअघि नदी तथा खानीजन्य वस्तुको अनुगमन गर्न गठित समितिले जुम्लाको हिमा, तिला र जवा नदीमा भइरहेको नदिजन्य वस्तुको उत्खनन्को अवस्था बारे अनुगमन गर्‍यो ।

सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। विहीबार रातिदेखि बढेको पानीको वहाव शुक्रबार अपरान्ह ४ बजेको मापन अनुसार एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ । पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ । ‘अरु दिन सामान्य गतिमा रहेको पानी रहेकोमा कोशीमा विहीबार (हिजो राति) देखि भने निरन्तर वहाव बढ्दो गतिमा छ,’ कोशी ब्यारेज प्रहरीका असई कुलबहादुर खत्रीले भने ।

पहिरोले अरुणनदी थुनियो, तीन जिल्लामा जोखिम

संखुवासभा जिल्लाको मकालु गाँउपालिकाको वडा नं २ र ५ को सिमानामा ५ सय मिटरमाथिबाट पहिरो खस्दा अरुण नदिको केहि भाग थुनिएको छ । आइताबार बिहान करिब साडे ९ बजेतिर गएको पहिरोले नदीमा करीब तीन सय मिटर पानी जमेर ड्याम बनेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए । पहिरोका कारण उच्च जोखिममा परेका प्रकाश राईको ७ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढी पूर्वानुमान महाशाखा भन्छः आज यी नदीमा बाढी आउने सम्भावना छ

बाढी पूर्वानुमान महाशाखाले पनि शनिबार सूचना जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा मझौला नदीमा बहाब सामान्य बढ्दो क्रममा हुने जानकारी दिएको छ।

नदीमा बाढीको सम्भावनासँगै स्थानीय त्रसित

असारको पहिलो हप्तामै रौतहटका खोलाहरुमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेर बाढीको सम्भावना देखाएपछि नदी किनारका बासिन्दाहरुमा त्रासको वातावरण देखिएको छ ।

बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार

दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँबम बस्ने वर्ष ४८ का कृतन थारु र निजकी श्रीमती वर्ष ४० कि सोफिया थारुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ४ घन्टाको अथक प्रयासपछि उद्वार गरेका हुन ।

चमेलिया नदीमा वृद्धा मृत फेला

बैतडीको दोगडाकेदार गाउँपालिका–६ चमतडीस्थित चमेलिया नदीमा एक वृद्धा मृत अवस्थामा भेट्टिएकी छन् । दार्चुलाको लेकम गाउँपालिका–१ बित्थडकी ७२ वर्षीया झिमा कार्की मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्