७ वैशाख २०८१ शुक्रबार
समाज

बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार

दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँबम बस्ने वर्ष ४८ का कृतन थारु र निजकी श्रीमती वर्ष ४० कि सोफिया थारुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ४ घन्टाको अथक प्रयासपछि उद्वार गरेका हुन । दाउरा खोज्न गएका दम्पती बिहान नदीमा छिरेका थिए । नदीको बीचमा दाउरा संकलन गरीरहेको बेला एक्कासी बाणगंगा नदीमा बाढी आएपछि दुबै जना फसेका थिए ।

स्थानीयले उनीहरुलाई देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए । नेपाली सेनाको नारायण दल, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ४० जनाको संयुक्त टोलीको अथक प्रयासपछि दुबै जनाको सकुसल उद्वार गरिएको थियो । नदीको वारपार डोरी तानेर त्यसको साहाराले दुबैलाई नदीबाट निकालिएको थियो । सशस्त्रका उद्धारक पौडीबाज जगत सारुले आफूहरुको संयुक्त प्रयासले दुई जनाको उद्धार गर्न सकेको बताए । आफ्नो ज्यान जोखिममा रहे पनि अरुको ज्यान बचाउनु ठूलो भएको बताए । ‘हामीले दुई जनाको ज्यान बचायौ, यसैमा खुसी लागेको छ’ उनले भने ।  

सशस्त्रका इन्सपेक्टर अर्जुन ढकालले तालिम प्राप्त जनशक्ति भएकाले सफलता पाएको बताए । नारायण दल गण गोरुसिंगेका प्रमुख सेनानी भूपेन्द्र बीक्रम आङ्दाम्बेले यो आफूहरुको सफलता भन्दा पनि दुई जनाको ज्यान बच्नु नै ठूलो भएको बताए । चार घन्टापछि उद्धार गरिएपछि दम्पतीले आफुूहरुले नयाँ जीवन पाए जस्तै अनुभव भएको बताए । 

‘यसअघि पनि दाउराको लोभमा र्कैयो पटक नदीमा पसेका थियौ, तर यस पटक नदीमा फस्यौ ’ कजन थारुले भने ‘ सुरक्षकर्मीले आफ्नो ज्यानको परवाह नगरी हामीलाई बचायो’ उनले भने ।

प्रकाशित: ६ असार २०७७ १३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App