४ वैशाख २०८१ मंगलबार
समाज

बाढी पूर्वानुमान महाशाखा भन्छः आज यी नदीमा बाढी आउने सम्भावना छ

फाइल तस्बिर

नेपालमा मनसुन सक्रिय रहेकाले केही दिनयता देशका धेरै स्थानमा वर्षा जारी छ।  

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसैगरी राति पनि यो क्रम जारी रहने र प्रदेश ५, गण्डकी प्रदेश, वागमति प्रदेश, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।  

योसँगै देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढ्ने हुनाले सतर्कता अपनाउन पनि मौसमविद्ले सबैलाई आग्रह गरेका छन्।  

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले पनि शनिबार सूचना जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा मझौला नदीमा बहाब सामान्य बढ्दो क्रममा हुने जानकारी दिएको छ। 

महाशाखाको सूचनामा भनिएको छ– आज बागमती, पश्चिम राप्ती, बबई, मोहनालगायत ससाना सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने सम्भावना छ। 

प्रकाशित: ७ असार २०७७ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App