१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आज राति यी स्थानमा ठूलो वर्षाको सम्भावना

यतिबेला (सोमबार साँझ ६ बजे) देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशका  एकरदुई स्थानमा भने भारी (ठूलो) वर्षाको  समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ: ‘देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना र प्रदेश १,  प्रदेश २,  बागमती प्रदेशका र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित: २९ असार २०७७ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App