२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सप्तकोशीमा वर्षकै उच्च वहाव

सप्तकोसी नदीमा यस वर्षकै उच्च पानीको बहाव पुगेको छ। आज बिहान ८ बजेको मापन अनुसार दुई लाख सात हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। हिजो रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो क्रममा छ।  

असार १२ गते सप्तकोशीमा पानीको बहाव एक लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेकसम्म  पुगेको थियो। त्यसपछि पानी घटेकोमा हिजोदेखि बढेको हो। पानीको वहाब बढ्दो गतिमा भएकाले गर्दा अहिले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाममध्ये ३० वटा खुल्ला गरिएको स्थानीय प्रशासनले जनायो।  

पहाडी जिल्लामा पानी पर्दा कोशी नदीमा पानीको वहाब बढ्ने गर्छ। पानीको बहाब बढेसँगै कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वितिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति वत्ती बाल्ने गरिन्छ। यस्तो  खतराको संकेत गर्दा एक लाख ५० हजार पानीको वहाब कट्नेवित्तिकै अटोमेटिक पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।  दुई लाख काटनेवितिकै पूर्वतर्फको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ। यी तीनवटै वत्ती पानीको वहाव बढे अनुसार अटोमेटिक नै बाल्ने नियम  छ। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ।  

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक  छ। पछिल्लो १९ वर्षयताको तथ्याङ्क हेर्दा सप्तकोसीमा चार लाख क्यूसेकभन्दा माथि पानी बढेको छैन्। सन् २००० देखि अहिलेसम्म चार लाख क्यूसेकभन्दा माथि पानी नबढेको कोशी ब्यारेज कन्ट्रोल रुमको रकेर्डमा छ।  

सप्तकोसी अहिलेसम्मको इतिहासमा सवैभन्दा बढी स्न १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो। कोशी व्यारेज बन्दा शुरुवातका बर्षमा कोसी नदीले झन्डै आठ लाख क्यूसेक पानीको क्षमता धानेपनि त्यसपछिका बर्षहरुमा पानीको लेभल घटदै गएको पाइन्छ। पछिल्लो समय कोशी व्यारेज  भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।  

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको  थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए। २०६५ सालअघि कोशी पूर्वको बराहक्षेत्र क्षेत्रका थुप्रै परिवार कोशीबाट पीडित भएका छन्।

 २०२२ सालयता वराहक्षेत्र क्षेत्रका मात्र ३ हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा  खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ। कोशी ब्यारेजमा १५ बर्षअघिसम्म पानीको उच्च खतराको लेभल पुग्दा साइरन बज्ने गरेपनि अहिले सम्म  साइरन नबज्दा सर्वसाधारण भने त्राहीमाम हुने गरेका छन्।

प्रकाशित: २६ असार २०७७ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App