२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संघीय सरकारले सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशत बढायो

विभागले सार्वजनिक यातायातको भाडा समयोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेकाले सोही अनुसार समायोजन गरेको जनाएको छ।

कर्णालीका २२ पालिकामा कोको विजयी?

कर्णालीका २२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। उक्त मत परिणामअनुसार नेपाली काँग्रेस सबैभन्दा आगाडि छ।

अकर्मण्य निर्णय

औपचारिक रूपमा ४० घन्टा काम गर्ने हो भने पनि आम रूपमा सार्वजनिक कार्यालयमा कामको संस्कृति छैन। खाजा, चिया, जाडो, गर्मी अनेकन बहानामा सरकारी कार्यालयमा काम हुँदैन। कामको संस्कृति नभएको यो मुलुकमा यसरी दिइने बिदाले सर्वसाधारणलाई सबैभन्दा बढी पीडित बनाउनेछ।

वर्षमा १४७ दिन बिदा, सेवाग्राही मारमा

सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ। सरकारको यो निर्णय आज आइतबार (जेठ १) देखि लागु हुँदैछ।

आकर्षक नारा, भड्किलो प्रचार

स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

सरकारले सार्वजनिक बिदा गरेको निर्णय यही वैशाख ७ गते प्रदेशको राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रका अनुसार धान दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको हो। ऐतिहासिक दिनका रूपमा चैत्र १२ गते जुम्लालाई मात्र र असार १५ गते जुम्लाबाहेक नौ जिल्लामा धान दिवसका अवसरमा बिदा दिने सरकारले निर्णय गरेको छ।

ईदउल फित्र मनाइँदैः आज सार्वजनिक बिदा

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

सुत्केरीलाई निःशुल्क ऐम्बुलेन्स सुविधा, ज्येष्ठ नागरिकलाई घरमै उपचार

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा एमालेले १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार उपलब्ध गराउने घोषणा गरेको छ।

महिलालाई निःशुल्क सार्वजनिक यातायात, विवाहमा ५१ हजार सहयोग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सबै महिलालाई सार्वजनिक यातायतमा निःशुल्क यात्रा गर्न पाइने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

वार्ताका लागि बोलाइएपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित

सरकारले गत आइतबारदेखि पूर्वाधार निर्माण क्षेत्र ठप्प पारेर आन्दोलन गर्दै आइरहेका निर्माण व्यवसायीसँग वार्ता गर्ने भएको छ।

सार्वजनिक बिदा थपः पर्यटनमा राहतको अपेक्षा

सरकारले हालसम्म नियमित रुपमा शनिबार मात्र सार्वजनिक बिदा दिईरहेकोमा अब आइतबार पनि थपिदिँदा त्यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको भनाई छ। सातामा दुईदिन (शनिबार र आइतबार) बिदा हुँदा आन्तरिक पर्यटनले छलाङ मार्ने व्यवसायीको भनाई छ। कोरोना भाइरसले थलिएको पर्यटन क्षेत्रलाई उकास्न अहिले आन्तरिक पाहुनाको ठूलो सहयोग रहेकोमा अब पाहुना आगमन अझै बढ्ने व्यवसायीको अपेक्षा छ। बिदा थपिँदा घुम्न निस्कने आन्तरिक पाहुनाको संख्या बढ्ने व्यवसायीले बताएका छन्।

दुई दिन बिदा शिक्षा क्षेत्रमा अव्यवहारिक

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय शिक्षा क्षेत्रको लागि अव्यवहारिक भएको सरोकारवालाहरुले औल्याएका छन्।

सुर्ती सेवनको खर्च ४० अर्ब

नेपालमा अकाल मृत्युको पहिलो कारक प्रदूषण हो भने दोस्रोमा सुर्तीजन्य पदार्थलाई लिइन्छ। सुर्तीजन्य पदार्थले नेपालमा कुल मृत्युको १९.४९ प्रतिशत हिस्सा ओगटेको छ। हाम्रोजस्तो मुलुकका निम्ति यो दुर्भाग्यपूर्ण स्थिति हो।

एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगल धुनसहित आज पार्टीको स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका छन्।

बल्न छोडे तुलसीपुरका सडकबत्ती

तुलसीपुर बजारका सडकका दायाँबायाँ राखिएका बत्ती बल्न छोडेको तीन वर्ष पुग्नै लाग्यो। २०७३ सालमा सडक बत्ती जडान गर्ने सम्झौता भएपछि २०७४ सालतिर जडान भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्