२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

प्रदेश नं ४ का बजेटसँग सम्बन्धित दुई विधेयकहरु एकै दिन दफाबार छलफल गरि पारित भएका छन्। संवैधानिक व्यवस्था बमोजिक असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता र बजेटसँग सम्बन्धित कर र गैह्रकर सँग सम्बन्धित विधेयक र वित्त व्यवस्थापन सम्बन्धिको विधेयक बिहिबार सदनमा छलफल गरि पारित गरिएको हो।

धानको बीउमा किसानलाई अलमल

गहुँ र ‘रबिहन’ (दाल र तेल हुने बाली)को कटाई सकेर खेत खाली भइसकेका छन् । वैशाख र जेठको घामले सुकेर साह्रो भएको जोतेको माटो यही साता परेको पानीले नरम भएको छ। उही बेला अब धानको बीउ कुन हाल्ने होला भनेर किसान अलमलमा परेका छन्। किसानले अहिले खेतमा लगाउन रोजिरहेका धानको बीउमध्ये ७५ प्रतिशत जति नेपाल सरकारको कृषि मन्त्रालयले सिफारिस नगरेका जातको बीउ हुने गरेको देखिन्छ।

विश्वविद्यालयका सम्पर्क कार्यालय अलमलमा

सरकारले उच्च शिक्षामा दूरदराजका नागरिकको पहुँच बढाउने उद्देश्यका साथ देशका विभिन्न भागमा स्थापना गरेका विश्वविद्यालयले काठमाडौंस्थित सम्पर्क कार्यालयबाट अधिकांश काम गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार मसान्तसम्म सम्पर्क कार्यालय हटाउन विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ। तर, सम्पर्क कार्यालय हटाउनेबारे विश्विद्यालयहरू अन्योलमा छन्।

अलमलमै बित्याे एक वर्ष

जुम्लाका कालीबहादुर बस्नेत गाउँ नगरमा सिंहदरबार आएको एक वर्ष बिते पनि परिवर्तनको अनुभूति हुन नसकेको भन्दै निराश छन्।

साना विषयले एकीकरणमा अलमल हुँदैन : प्रधानमन्त्री

धानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन्।

अलमलमा अख्तियार, मैँलाउँदो भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दशकयता भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय फड्को मार्न सकेको छैन। अख्तियार लामो समय प्रमुख आयुक्तविहीन हुनपुग्यो। २०६३ सालदेखि २०६९ सालसम्म अख्तियारमा प्रमुख आयुक्त नियुक्त भएको थिएन। अख्तियारले भ्रष्टाचार नियन्त्रणमा सुक्ष्म तहबाट अनुसन्धान गर्न असफल नै भएको छ। हरेक निकायमा हुने भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारले खेलेका भूमिकाले तुलनात्मक हिसाबले गुणात्मक फड्को मार्न सकेको छैन।

एमाले–माओवादी एकताको अलमल

गत असोजमा चुनावी गठबन्धन बनाएका दिनदेखि चर्चामा रहेको नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भ्यागुत्ताको धार्नी नपुगेझैँ जहाँको त्यहीँ अड्किएको छ। पार्टी एकीकरणको घोषणाका लागि यसबीचमा कम्तीमा पनि आधा दर्जनपटक तिथिमिति तोकिएर पनि ती दिनमा कुनै उपलब्धि हासिल हुन नसकेर सबैनिष्फल भइसकेका छन्।

अलमलिएको एकता

सत्तारुढ नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुने भनिएको एकताको पहल अल्मलिन थालेको संकेत मिलेको छ । दुई दलबीच निर्वाचन तालमेल हुँदा स्थायित्वका निम्ति मात्र प्रतिबद्धता जनाइएको थिएन, दुवै दलबीचको सम्भावित एकताको आश्वासनले समेत मतदातालाई आकर्षित गरेको हो।

एकता अलमलमा

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया केही समयका लागि पर धकेलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आइतबार महŒवपूर्ण वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि दुई पार्टीबीच आगामी ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेको हो।

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

रतिनिधि तथा प्रदेशसभा निर्वाचनताका एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङमा चुनावी सभामा भनेका थिए, ‘हामीलाई भोट दिनुस्, तपाईंहरूले काम गर्नु पर्दैन, सुतिसुति खाने दिन आउनेछन्।’ सयौंको भीड गलल्ल हाँस्दा झनै उत्साहित ओलीले थपे, ‘तपाईंहरूले खाका पकाउनु पनि पर्दैन, पाकेको भात घरमै पुग्छ।’

अलमलमा स्थानीय सरकार

स्थानीय सरकारका प्रतिनिधिहरुले विकास निर्माणको योजना बनाउने, कार्यान्वयनमा ध्यान दिने, सेवा प्रवाहका विषयमा कडाइका साथ अनुगमन गर्नेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ । तर, अहिले त औपचारिक कार्यक्रममा अतिथि बन्न प्रतिस्पर्धा चल्ने प्रवृत्ति देखिएका कारण जनप्रतिनिधिको नजरमा यी कार्य गौण हुन पुगेका छन् ।

बिजनेसविहीन संसद्, अलमलमा सांसद

प्रदेश ५ का प्रदेशसभा सदस्य अमरबहादुर डाँगी गत ३ गते यता गृहजिल्ला दाङमै छन् । संसदमा प्रतिनिधित्वका लागि कहिले बुटवल जाने भन्ने कुरामा उनी अलमलमै देखिन्छन्।

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

माओवादीले दलको नेता छान्यो, एमालेमा चुनाव तयारी, विधान नहुँदा कांग्रेस अलमलमा

प्रदेश नम्बर १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू यतिबेला  संसदीय दलको नेता चयन गृहकार्यमा व्यस्त छन् । एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका स्थानीय तथा केन्द्रीय नेताहरू संसदीय दलको नेता चयन गृहकार्यमा जुटेका हुन्।

शुक्रबार प्रदेश प्रमुख मनोयन हुने, अस्थायी केन्द्र तोक्न अलमल

सरकारले आगामी शुक्रबार सातवटै प्रदेशमा प्रमुखको मनोयन गर्ने तयारी गरेको छ । शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको मनोयन हुने सरकारको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्