४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कैदीबन्दीलाई स्वास्थ्य सामग्री वितरण

कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। रेडक्रस बैतडीले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र ८ जना कारागारका कर्मचारीलाई मास्क वितरण गरिएको हो।

महामारीमा जेललाई सुरक्षित पार्न दर्जनौं कैदीलाई रिहा गरिने

बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैँदीहरू असुरक्षित भएको भनी कैँदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसः राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन्।

सात सय कैदीबन्दीमा संक्रमण

देशभरका विभिन्न कारागारमा रहेका सात सयभन्दा बढी कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन्। अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ।

बलात्कारका अभियुक्त दुई जनालाई १३ र ११ वर्ष कैद

उदयपुर जिल्ला अदालतले फरक फरक ठाउँमा भएका बालिका र महिला बलात्कारीलाई कैद र जरिवानाको फैसला सुनाएको छ। अदालतले बालिका बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षमा थुनामा रहेका १८ वर्षीय युवकलाई १३ वर्ष कैद र १५ हजार जरिवाना तथा महिला बलात्कार अभियुक्तलाई ११ वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाएको हो।

कारागारमै कोचिए संक्रमित कैदीबन्दी

जिल्ला कारागार सिरहाका ८१ जना कैलीबन्दीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ। संक्रमण पुष्टि भएका कैदीबन्दीलाई कारागारकै केही कोठामा कोचेर राखिएको छ। शुक्रबार जिल्ला कारारगार सिरहाका १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भयो। १७ जना महिला र दुई जना आश्रित बालबालिकामा संक्रमण पुष्टि भएको हो।

क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

संक्रमित कैदीलाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ। संक्रमित सुरक्षाकर्मीलाई दहचोकस्थित आइसोलेसन पठाइएको छ।

विराटनगरमा एक कैदी बन्दीको मृत्यु

मोरङ जिल्ला कारागारमा रहेको एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। २०७६ फागुन २२ गतेदेखि चोरी मुद्दामा कारागारमा कैदी बन्दी रहेका २६ वर्षीय फुर्वासिंह तामाङलाई राति एक्कासी पेट दुख्ने र श्वासप्रश्वासमा समस्या भएको थियो।

भारतीय नागरिकसहित दुई जनालाई कैद

मकवानपुर जिल्ला अदालत हेटौँडाले प्रतिबन्धित लागुऔषधका कारोवार तथा बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकसहित दुई जनालाई कैद र दण्डसजाय फैसला सुनाएको छ ।

कैदीमा कोरोना भेटिएपछि कारागारमा त्रास

एक बन्दीमा कोरोना संक्रमण भेटिएपछि सिन्धुपाल्चोक जिल्ला कारागारमा त्रास फैलिएको छ । कडा सुरक्षाबीच बन्द कारागारमै संक्रमित भेटिएका कारण अन्य कैदीबन्दीसँगै सुरक्षाकर्मी पनि त्रसित छन् । संक्रमितसँगै खाइखेली गर्ने कारागारका अरु एक सय २१ कैदीबन्दी आतंकित बनेका छन् ।

मुटुको समस्याले एक जना कैदीको मृत्यु

मुटुको समस्याले गर्दा सुनसरी झुम्का कारागारमा एक जना कैदीको शुक्रबार बिहान निधन भएको छ। वहुविवाहको मुद्दामा कैद सजाए काटिरहेका धनुषा गाडागुडि गाउँपालिका–५ का ३९ वर्षे मिसरुल राईनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । यकिन रिपोर्ट नआएपनि मुटुकै समस्याले गर्दा निधन भएको कारागार प्रशासनले जनायो ।

कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

कपिलवस्तु कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा सजाय काटीरहेका यशोधरा गाउँपालिका–७ इृटवाका ५३ वर्षिय राम अधिन कहारको मृत्यु भएको हो । बिहान १० बजे खाना आएर सुतेपछि अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो ।

गणतन्त्र दिवसमा कपिलवस्तु कारागारबाट २ कैदी रिहा हुँदै

गणतन्त्र दिवसका अवसरमा कपिलवस्तु कारागारमा रहेका २ जना कैदी रिहा हुँदै छन् । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीबार दिउँसो रिहा हुँदै छन् । दिवसका अवसरमा राष्ट्रपति बिद्यादेबी भन्डारीले कपिलवस्तुसहित देशका बिभिन्न कारागारमा रहेका २ सय ४१ जना रिहा गरेकी हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्