४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तु कारागारका एक कैदीको मृत्यु

कपिलवस्तु कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा सजाय काटीरहेका यशोधरा गाउँपालिका–७ इृटवाका ५३ वर्षिय राम अधिन कहारको मृत्यु भएको हो । बिहान १० बजे खाना आएर सुतेपछि अचेत भएका उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो ।  

डाक्टरहरुले कहारलाई मृत घोषणा गरेको जेलर राकेशकुमार पाण्डेयले बताए । २०७६ साउन २ गतेदेखि सजाय काटेका उनको शव परीक्षणपछि बिस्तृत जानकारी आउने जेलर पाण्डेयले बताए । कहारको शव अस्पतालको फ्रिज घरमा राखिएको छ । 

प्रकाशित: २४ जेष्ठ २०७७ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App