१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गणतन्त्र दिवसमा कपिलवस्तु कारागारबाट २ कैदी रिहा हुँदै

गणतन्त्र दिवसका अवसरमा कपिलवस्तु कारागारमा रहेका २ जना कैदी रिहा हुँदै छन् । राम्रो चालचलन तथा ५० प्रतिशत कैद भुक्तान गरेका उनीहरु बिहीबार दिउँसो रिहा हुँदै छन् । दिवसका अवसरमा राष्ट्रपति बिद्यादेबी भन्डारीले कपिलवस्तुसहित देशका बिभिन्न कारागारमा रहेका २ सय ४१ जना रिहा गरेकी हुन ।  

नकारात्मक सुचीको मुद्दामा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरको २ जना कैदी बिहीबार रिहा हुने कारागारका जेलर राकेश पाण्डेयले बताए । रिहाका लागि दुई जनाको नाम कारागार ब्यवस्था बिभागमा पठाइएको थियो ।  

गृहमन्त्रालयले तिनीहरुको सुची राष्ट्रपतिको कार्यालयमा पठाएपछि गणतन्त्र दिवमसा उनीहरु रिहा हुने भएका हुन । कपिलवस्तुको बाणगंगा नगरपालिकाका कर्तब्य ज्यान तथा कृष्णनगर नगरपालिकाका हातहतियार तथा खरखजाना मुद्दामा कारागारमा जेल सजाएका काटेका दुई जनालाई बिहीबार परिवारको जिम्मा लगाउने तयारी गरिएको जेलर पाण्डेयले बताए । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App