गणतन्त्रको गति
मुलुकमा स्थापित गणतन्त्र १३ औँ वर्षमा प्रवेश गरेको छ। शासन सत्तामा भएका व्यक्तिका निम्ति यो परिवर्तन निकै अग्लो लाग्न सक्छ। प्रजा नागरिक हुन पाएको यो समय निःसन्देह सबैका निम्ति महत्वपूर्ण छ। तथापि, यसले आमजीवनमा आमूल परिवर्तनको अपेक्षासमेत पूरा गर्नुपर्छ। आमअपेक्षा पूरा नहुने परिस्थितिले शासन व्यवस्थाप्रति वितृष्णा पैदा गर्छ।