राजनीतिक प्रणाली जति बढी केन्द्रीकृत हुन्छ, राष्ट्रिय हित र लक्ष्य नेताका व्यक्तिगत चाहना, इच्छा र असुरक्षाको छायामा पर्ने सम्भावना त्यति नै बढ्छ। अहिले रुस, चीन र संयुक्त राज्य अमेरिकामा यस्तो प्रवृत्तिका विभिन्न रूपहरू देखिँदै छन्।
ट्रम्पले नोबेल पुरस्कार पाउने आफ्नो सम्भावना साकार पार्न युक्रेनलाई आफ्नै सार्वभौम भूभागको केही भाग रूसलाई दिन बाध्य पार्ने ‘म्युनिख–सम्झौता’ जस्तो सहमति देख्न चाहन्छन्।
राष्ट्रवादी उन्मादमा पनि आधारभूत नैतिकता गुमाउन नहुने सोल्जेनित्सिन ठान्थे। ऐतिहासिक रुसलाई पुनस्र्थापना गर्ने चाहना पूरा गर्ने क्रममा निर्दाेष युक्रेनी तथा रुसीको संहार कल्पनासमेत गर्न नसकिने विषय हो।