coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कैदीबन्दीलाई स्वास्थ्य सामग्री वितरण

कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। रेडक्रस बैतडीले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र ८ जना कारागारका कर्मचारीलाई मास्क वितरण गरिएको हो। 

यस अघि जिल्ला विपद् व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तह, सञ्चारकर्मी, विद्यालय र क्याम्पसलाई पनि मास्क र स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए।

अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सहयोग होस भनेर स्वास्थ्य सामग्री वितरण गरेको रेडक्रस बैतडी शाखाका सभापति भीमदत्त पाण्डेयले बताए। स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई कोभिड–१९ को महामारी नियन्त्रणमा खटिनेहरुलाई काम गर्न सहज हुने बताइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७८ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App