१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शिक्षा ऐन अब म प्रधानमन्त्री बनेपछि आउँछ: महाविर पुन

शिक्षामन्त्रीबाट राजीनामा दिएर म्यादीको उम्मेदवार बनेका महाविर पुनले चुनावी गतिविधि बढाउन थालेका छन् । उनले शनिबार म्याग्दीमा पत्रकार सम्मेलन गरे ।  

साढे ९ बजे पत्रकार सम्मेलन भन्दै सामाजिक सञ्जालबाट सूचना सार्वजनिक गरेका पुनले समयमा पत्रकार नआएको भन्दै फेसबुकबाटै लाइभ गरेका थिए । आफूले हल्लीखल्ली गर्न थालेपछि सबै भेला हुन थालेको उनले बताए ।  

सोही क्रममा पुनसँग चिनजान गर्दै एक शिक्षकले तपाईंले ल्याउँछु भनेको ऐन किन आएन भन्ने प्रश्न गरे । महाविरले ठट्यौली पारामा भने, ‘अब म प्रधानमन्त्री बनेपछि आउँछ ।’ उनको जवाफ यतिमा मात्र सकिएन । केहीबेरमै उनले सबैतिर फर्किएर भने, ‘यहाँ अघि एक मित्रले तपाईंले ल्याउँछु भनेको शिक्षा ऐन किन नल्याएको भनेर सोध्नुभयो । त्यो ऐन ल्याउन सकेको भए किन म यहाँ उम्मेदवार भएर आउनुपर्थ्यो । ऐन आएको भए म उतै बसेर मन्त्री नै खान्थेँ । ऐन नआउने भएपछि सांसद बन्न यता आको ।’

कार्यक्रमस्थलमा पुनलाई तपाईंको ‘सिम्पल लिभिङ हाइथिङकिङ’वाला सोच राम्रो छ भन्दा उनी मुस्कुराएका थिए । तर अपेक्षाकृत उथलपुथल गर्न सक्नुभएन भन्ने प्रश्नले पुनलाई गम्भीर बनायो । उनले भने, ‘अब फेरि उथलपुथल गर्नुपर्छ ।’

प्रकाशित: १० माघ २०८२ १५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App