१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा एक कैदी बन्दीको मृत्यु

मोरङ जिल्ला कारागारमा रहेको एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। २०७६ फागुन २२ गतेदेखि चोरी मुद्दामा कारागारमा कैदी बन्दी रहेका २६ वर्षीय फुर्वासिंह तामाङलाई राति एक्कासी पेट दुख्ने र श्वासप्रश्वासमा समस्या भएको थियो। मोरङको सुन्दरहरैँचा–४ घर भई कारागारमा बन्दी रहेका तामाङको स्वास्थ्यमा समस्या भएपछि शनिबार राति १ बजे कोसी अस्पताल उपचारका लागि लगिएको थियो।  

राति १ बजे अस्पताल पु¥याइएको तामाङ उपचारका क्रममा बिहान ४ बजेर ४५ मिनेटमा मृत्यु भएको कारागारका जेलर सुवास लामिछानेले बताए।

मोरङ जिल्ला अदालतको आदेशबाट चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका तामाङको मुद्दा विचारिन अवस्थामै रहेको छ।

लागुऔषध मुद्दमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर–४ घर भएका २६ वर्षका निराजन यादवको कोसी अस्पतालमा उपचारका क्रममा गत बुधबार मृत्यु भएको थियो। यादवलाई पनि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो।

अस्पतालले कोरोनाको शंकामा स्वाब पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो। तर, यादवका घरपरिवारले कारगारभित्र दिइने यातनाका कारण घटना शंकास्पद भन्दै शव बझ्ननमानेपछि शवको पोस्मार्टम गरिएको थियो। ०७६ फागुन ११ गते गरेको नौ महिना १९ दिन कैद र ७८ हजार रुपैयाँ जरिवानाको फैसला अनुसार यादव कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। कारागार प्रशासन र प्रहरीले अलग अलग घटनाको अनुसन्धान गरिरहेका छन्।  

जेलर सुवास लामिछानेले भने, ‘तामाङलाई अस्पताल लगिए पनि कोरोनाको आशंका गर्दै चिकित्सकले तत्काल उपचार गर्न मानेनन्। बन्दी युवामा कोरोनासँग मिल्ने लक्षण नभएको भनेर धेरै आग्रहपछि मात्रै उपचार थालियो।’ तामाङलाई पहिले स्वास्थ्य सम्बन्धी कुनै समस्याको जानकारी नभएको र अस्पताल लैजानसाथ तत्काल उपचार पाउन सकेको भए युवाको ज्यान जोगिन सक्ने जेलर लामिछानेले बताए। मृतक तामाङको शव परिवारलाई बुझाउने तयारी भइरहेको लामिछानेले बताए।

प्रकाशित: १३ भाद्र २०७७ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App