२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

कच्चा पदार्थको अभावमा कैदीबन्दी कामविहीन

कारागारमा बसेर घर खर्च चलाउँदै आएका कैदीबन्दी यतिखेर फुर्सदिला भएका छन्। सधैँ व्यस्त रहने कैदीबन्दी लकडाउनसँगै बजारमा कच्चा पदार्थको अभावमा फुर्सदिला भएका हुन्।

कपिलवस्तुमा कैदी बन्दीका लागि क्वारेन्टाईन

कोरोना भाइरस (कोभिड– १९) संक्रमण हुन नदिन कपिलवस्तु कारागारमा क्वारेन्टाईन संचालन गरिएको छ। कारागार भवनको दोश्रो ब्लकमा खाली रहेका महिला वार्डमा  तत्कालका लागि  चार वेडको क्वारेन्टाईन संचालनमा ल्याईएको हो। कारागारमा आउने नयाँ कैद बँन्दीलाई लक्षित गरि  क्वारेनटाईन संचालन गरिएको छ।

भोजपुरमा तीन कैदी छुटे

कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिलाई मध्ये नजर गर्दै जिल्लाकारागार भोजपुरबाट तीनजना कैदी छुटेका छन्। बहुविवाह मुद्धामा जेल जीवन विताईरहेका उनीहलाई बाँकीअवधीको कैद बराबरको रकम भुक्तान गरेपछि आइतबार कैद मुक्त  गरिएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र आधिकारीले जानकारी बताए।

मागबमोजिमको मास्क उत्पादन गर्न  कैदीबन्दी तयार

मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीले मास्क उत्पादन गर्न थालेका छन्।

कारागारभित्र कैदीको मृत्यु

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु भएको छ। आपराधिक लाभ सम्बन्धी मुद्दामा कारागारमा रहेका नेपालगन्ज उपमहानगरपालिकास्थित एकलैनी निवासी ६० बर्षिय अस्ताक अहमद सिद्धिकीको मृत्यु भएको हो।

कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दी रिहा

कोरोना भाइरस फैलन सक्ने जाेखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दीलाई रिहा गरिएको छ। कोरोना भाइरस फैलिएपछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाई छाडेको हो।

कैदीबन्दी नै तयार छैनन् कारागार छाेड्न

कोरोना भाइरसको त्रासलाई ख्याल गर्दै सरकारले कारागारभित्रको चाप कम गर्न एक वर्षभन्दा कम सजायका कैदीबन्दीलाई जरिवाना चार्ज लिएर छाड्ने निर्णय गरे पनि कैदीबन्दी आफै कारागार छाड्न अनिच्छुक देखिएका छन्।

कोरोनामा कैदी

जोखिम विचार गरेर कारागारमा राख्नै पर्नेलाई मात्रै राख्ने, घर पठाउँदा पनि मिल्ने कैदीलाई पठाइदिने र गैरकानुनी ढंगले पक्राउ परेकालाई अदालतले बन्दी प्रत्यक्षीकरण माध्यमबाट परीक्षण गर्ने नीति अवलम्बन गरिएको छ।

कैदीबन्दीलाईं बाहिरी वातावरणबाट जोगाउन चुनौती

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहेको बेला कारागारमा रहेका कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती रहेको छ। पूर्वको सबैभन्दा ठूलो कारागार झुम्का सुनसरीमा कैदीको चाप बढेको र विभिन्न बिरामीको संख्या पनि थुप्रै भएकाले कोरोनाको संक्रमणबाट जोगाउनु चुनौती भएको हो।

महिला कैदीबन्दीमा मानसिक समस्या

बहुविवाह मुद्दामा नाम नबताउने एक महिला जिल्ला कारागार दैलेखमा चलान भइन् । कारागारमा बन्दी जीवन बिताइरेहकी उनलाई एक वर्ष नपुग्दै मानसिक समस्या देखा पर्न थालेको छ । उनलाई बढ्दो चिन्ता, बिनाकारण छटपटी, काम नगर्दा पनि थकान र कष्ट हुने, मन डुलीरहने र सुत्नलाई बाधा हुने निन्द्रा नपर्नेजस्ता समस्याबाट ग्रसित बनाएको छ। उनी मात्र होइन यहाँका १३ जना महिला कैदीबन्दीमध्ये नौजनामा मानसिक समस्या देखिएको छ।

निर्दोष कैदीबन्दी !

कुनै दिन आफू जेलमा पर्नुपरेको पीडादायी अनुभवले गर्दा सुशीला कार्कीले ‘जेलमा पर्नु भनेको मर्न गएझैं हुने रहेछ’ भन्नुको मर्म न्यायाधीशले कति बुझेका हुन्छन् भनेर अध्ययन/अनुसन्धान गर्न ढिला भइसकेको छ।

प्रजातन्त्र दिवसमा उदयपुरका चार कैदी छुटे

५४ औं प्रजातन्त्र दिवसको अवसर पारेर उदयपुरका ४ कैदीलाई राष्ट्रपतिले कारागारमुक्त गरेकी छन्। बिभिन्न अपराधमा संलग्न भएको आरोप प्रमाणित भई ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीहरुलाई बाँकी कैद मिनाहा गरी रिहा गरिएको हो।

प्रजातन्त्र दिवसका अवसरमा ३ कैदीबन्दी रिहा

जिल्ला कारागार ताप्लेजुङका ३ जना कैदीलाई प्रजातन्त्र दिवसको अवसरमा सजाय मुक्त गरिएको छ। चोरीको अभियोगमा कैदमा रहेका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङका ३८ वर्षीय प्रकाश थेवे, सवारी ज्यान मुद्दाका सिरिजङ्घा गाउँपालिका-१ सिनामका ३६ वर्षीय आदित्य लिम्बू र वैदेशिक रोजगार ठगी अभियोगमा रहेका मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय दयाराम लिम्बू जेलमुक्त भएका हुन्।

३ सय २९ कैदीको कैद मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन्। राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको कैद मिनाहा गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्