२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

अछाम कारागारमा कैदी मृतावस्थामा

यहाँस्थित जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जुम्लाबाहेक सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा भएकाले दैनिक क्रियाकलापमा समस्या हुँदै आएको छ।

‘कैदीबन्दीको श्रम, सीप राष्ट्र निर्माणमा लगाऊ’

नेपालमा अपराध बढ्दै गएकाले जेल, हिरासतमा कोचाकोच कैदीबन्दीको श्रम, सिप राष्ट्र निर्माणमा लगाउन महान्यायाधिवक्ता कार्यालयले सुझाव दिएको छ।

नयाँ भवनमा सरे कैदी

साँघुरो भवनमा कष्टकर दैनिकी गुजार्दै आएका दोलखा कारागारकाका कैदी बिहिबार फराकिलो र सुविधा सम्पन्न भवनमा सरेका छन्।

जिल्ला कारागार रौतहटबाट एक कैदी फरार

जिल्ला कारागार रौतहटबाट एकजना कैदी फरार भएका छन्। कारागारको विद्युत लाइन बिगारेर अपहरण तथा शरीर बन्धक मुदामा तीन वर्षदेखि सजाय काटिरहेका २५ वर्षीय अशोक यादव आइतवार राति फरार भएका हुन्।

कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी

कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।

रूपन्देही कारागार जीर्ण, जोखिममा कैदी

८६ वर्षअघि निर्माण भएको रूपन्देही जिल्ला कारागार भवन जीर्ण बनेको छ। १९९० सालमा निर्माण भएको कारागारका दुई भवन जीर्ण छन्। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।

कारागारमा क्षमताभन्दा तेब्बर कैदी

उपत्यकाका सबैजसो कारागारमा क्षमताभन्दा तेब्बर बढी थुनुवा–कैदी राखिएको पाइएको छ। मानव अधिकार आयोगले आधारभूत आवश्यकता पूरा नगरी कैदीबन्दीलाई राखेको भन्दै सरकारको ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाई हुन सकेको छैन, जसका कारण कैदी–बन्दी कोच्चिएर बस्न बाध्य छन्।

कैदीलाई मनोसामाजिक परामर्श दिइने

कारागारमा रहेका कैदीबन्दीको नैतिक सुधार तथा मनोसामाजिक परामर्शको व्यवस्था गरी समाजमा स्थापित गराउने व्यवस्था राखेर संसद्मा विधेयक आएको छ। कारागार ऐन २०१९ लाई खारेज गर्दै कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीबन्दीलाई नैतिक सुधार गरी समाजमा स्थापित गराउने व्यवस्था गरिएको छ। कैदीलाई नैतिक सुधार गर्नका लागि उसलाई विभिन्न किसिमका उपाय प्रयोग गरिनेछ। उसले अर्कोपटक पुनः अपराध नगरोस् भन्ने उद्देश्यले यस्तो नीति लिएर विधेयक ल्याइएको छ। अपराधीले अपराध गर्नुपछाडि मानसिक कारण हुने भएकाले उसको मानसिकतामा सकारात्मक कुरा ल्याउन यस्तो व्यवस्था राखिएको छ।

कैदीलाई मनोसामाजिक परामर्श दिइने

कारागारमा रहेका कैदीबन्दीको नैतिक सुधार तथा मनोसामाजिक परामर्शको व्यवस्था गरी समाजमा स्थापित गराउने व्यवस्था राखेर संसद्मा विधेयक आएको छ।

नेपाली जेलमा विदेशी कैदी

विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ। लागुऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिनालगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ताखाले अपराधमा संलग्न विदेश नागरिक उम्कन भने पाउँदैनन्।

कारागार अस्पतालमा दन्तसेवा शुरु, बिरामीको चाप बढ्दो

नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ। मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।

सुँगुरको मासु खाएका थप एक कैदीको मृत्यु, ज्यान गुमाउनेको संख्या तीन पुग्यो

मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको कुम्मायक गाउँपालिका ३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्