१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कैदीबन्दीका लागि पुस्तक जुटाउँदै प्रहरी

पुस्तक हस्तान्तरण । तस्बिर/नागरिक

गोरखा- कारागारमा रहेका कैदीबन्दीले समय सहजै बिताउन सकुन् र सुधार केन्द्रको रुपमा लिइएको कारागारमा बस्दा ज्ञानगुनका कुरा जान्न पाउन् भन्ने उद्देश्यले गोरखा प्रहरीले पुस्तक संकलन थालेको छ। केही दिनअघि प्रहरी कार्यालयमा भएको पुस्तक आलोपालो पढ्ने गरी दिएको प्रहरीले शुक्रबारदेखि सर्वसाधारणसँग पढिसकेको पुस्तक दिन अनुरोध गरेको हो।

संकलन गरिएको पुस्तक कारागार शाखा गोरखाका कैदीबन्दीलाई पढ्न उपलब्ध गराउने योजनाले अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए। एक पटक पढेको पुस्तक यसै थन्किएर बसेको हुन सक्ने र दान गर्न चाहनेले उपलब्ध गराएमा पुनः कारागारका कैदीबन्दीले पढ्न पाउने भएकाले पुस्तक संकलन थालिएको उनले बताए।

अभियानको क्रममा पाँच दिन हरमटारी चोकमा संकलन स्टल राखिने र त्यसपछि पनि पुस्तक दिन चहानेहरुले सामुदायिक सेवा केन्द्र वा प्रहरी कार्यालयमा दिन सक्नेछन्। अभियानको पहिलो दिन गोरखा क्षेत्र नम्बर २ प्रदेश ख का सांसद प्रकाशचन्द्र दवाडीले पुस्तक हस्तारण गरेर अभियान थालनी गरेका थिए। अन्य सर्वसाधारणले पनि पुस्तक हस्तान्तरण गरेका थिए।

एसपी अधिकारीका अनुसार पालुङटार, जौवारी र आरुघाट ईलाका प्रहरी कार्यालय अगाडी पनि किताब दान गर्न मिल्ने बाकस राखिएको छ। चौकी नजिकका स्थानीयले किताब ल्याएर दिन सक्नेछन्। त्यहाँबाट संकलन भएको किताब सामुदायिक सेवा केन्द्रमा रहने र कारागार शाखाको नयाँ भवन बनेपछि लाईब्रेरीको ब्यवस्थापन गर्ने योजना सामुदायिक सेवा केन्द्रको रहेको अध्यक्ष अच्युतलाल श्रेष्ठले बताए। फोटो पनि छ ।
 

 

प्रकाशित: २५ पुस २०७६ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App