१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

कागले बिजुलीको पोलमा ‘गुड’ बनाउँदा विद्युत् प्राधिकरणलाई हैरानी

लमजुङ सदरमुकाम बेसीशहर आसपासका बिजुलीको पोलमा काग लगायतका चराहरूले ‘गुड’ बनाउँदा लमजुङ विद्युत् प्राधिकरणलाई हैरानी भएको छ।

प्राधिकरणका अनुसार विगतका केहीदिनहरुमा कागले गुड बनाएकै कारण जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो।

प्राधिकरणका सुपरभाइजर आनन्द गुरुङका अनुसार कागले बिजुलीको पोलमा गुड बनाउँदा तारका टुक्राहरू नाङ्गो तारमा छुँइदा जिल्लामा ‘लाइन जाने’ समस्या पछिल्ला केहीदिनहरुमा वृद्धि भएका छन्।

उनी भन्छन् ‘हामीलाई यस्तो ‘फल्ट’ हरू पत्ता लगाउन धेरै समय लाग्छ। फल्ट पत्ता नलाग्दा जिल्लावासीहरूले अनियमित विद्युत्‌को सास्ती खेप्नु परेको छ।’

उनका अनुसार बिजुलीको पोलमा गुड बनाउँदा काग लगायतका चराहरू करेन्ट लागेर मर्ने समेत थालेका छन्। यसले दुर्घटनाको जोखिमलाई समेत बढाउने उनी बताउँछन्। 

‘हामीले यस्ता समस्या छिट्टो पत्ता लगाउन नागरिकहरूमा ‘कसैले चराको गुड देखेमा सम्पर्क गर्न’ समेत भनेका छौं।’

उनले विगतका एक/दुई दिनमा बेसीशहर आसपासका २/४ क्षेत्रमा चराका गुडहरू भेटिएको जानकारी दिए।

प्रकाशित: १२ असार २०८१ २१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App