१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वाभाविक रुपमा लिनुपर्छ: अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताएका छन् ।

अध्यक्ष नेपालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरूबिच भेटघाट हुने, छलफल हुने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका हुन।

पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको समेत बताए।उनले महाधिवेशनमा गुटबन्दी नहोस् भन्ने नेता, कार्यकर्ताको चाहना प्रशंसनीय रहेको बताए।  

प्रकाशित: १५ असार २०८१ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App