२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

मूढा बुनेर घरमा पैसा पठाउँदै कैदीबन्दी

जिल्ला कारागार तनहुँका कैदीबन्दीले मूढा बुनेर परिवारलाई पैसा पठाएका छन्। विभिन्न अपराधमा कारागारमा सजाय काटिरहेका कैदीबन्दीले फुर्सदको समयको सदुपयोग गर्दै बनाएको मूढा बिक्रीबाट घरमा खर्च पठाएका हुन्।

कैदीबन्दीलाई कारागारमै टीका र जमरा

जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन्।

कैदीबन्दीको गुनासोः 'राज्यले दिएको दसैं खर्चले एक छाक पुग्दैन'

सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दसैं अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ।

कैदीको मृत्यु

जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ। कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन्।

राष्ट्रसंघको रोहबरमा तीन सय ५० कैदी रिहाई

यमनी हुथी विद्रोहीद्वारा राष्ट्रसंघको रोहवरमा ३ सय ५० कैदी रिहा गर्ने उक्त समूहको अल मसिरा टेलिभिजनले सोमबार जानकारी गराएको छ।

एक सय ५७ कैदी बिरामी

इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो।

आगन र बलेनीमा सुत्न बाध्य गोरखा कारागारका कैदीबन्दी

‘बाहिर आगन र बलेनीमा पनि सुत्नुपर्छ, पानी परे भिज्दै सुत्नु बाहेक विकल्प छैन’ नाइके गोपाल बरामले भने ‘धमिलो पानी पिउनुपर्ने, सुत्ने ठाउँमा भुँइमा पानी, आकाशको पानी र चिसोले धेरै बिरामी भएका छन्।’

इलाम कारागारका ७६ कैदीबन्दी एकैपटक बिरामी

ठूलो समूहमा उनीहरू बिरामी परेपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए। ‘कारागारभित्र बिरामीहरू सामूहिक रूपमा सुताएर सामान्य उपचार गर्दैछौं,’ उनले भने

दुई सय ६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

संविधान दिवसका अवसरमा सरकारले २ सय ६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन्।

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् ।

त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य

जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिएको छ। ४० पुरुष र १० जना महिला गरी ५० जना अटाउने कारागारमा हाल दुई सय १२ जना कैदीबन्दी रहेको कारागारले बताएको छ। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरू त्रिपाल र जस्तापाताको टहरामा रात काट्न बाध्य छन्।

फेरि अनसन बस्दै गंगामाया

'न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा मलाई प्रतिबन्ध लगाउने काम भएको छ। बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख।'

जीर्ण कारागारमा अढाई गुणा बढी कैदीबन्दी

रौतहटको सदरमुकाम गौरस्थित जीर्ण कारागारमा क्षमताभन्दा अढाई गुण बढी कैदीबन्दी रखिएको छ। वर्षौंदेखि जीर्ण रहेको गौर कारागारको मूल भवन एक सय ८७ वर्ष पुरानो हो। राणाकालीन समय अर्थात् विक्रम संवत् १९८९ मा स्थापना गरिएको यो कारागारमा भवनमा त्यति बेला एक सय २० जना कैदीबन्दी राख्ने क्षमता थियो। झन्डै दुई सय वर्षअघि निर्माण भएको गौर कारागाार समयानुकूल मर्मत–सम्भार हुन नसक्दा दिनदिनै जीर्ण बन्दै गएको छ।

कैदीलाई प्रजनन अधिकार प्रस्ताव, कारागारभित्रै बच्चा जन्माउन पाइने

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेटको विशेष व्यवस्था गरिने उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्