२० आश्विन २०८१ आइतबार
image/svg+xml

एकैघरका सहोदर दाजुभाइ मन्त्री बन्ने अनौठो संयोग!

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलका स्थायी बासिन्दा हमालका दाजुभाइ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखी सक्रिय व्यक्ति हुन्।

नेपालगन्जमा एक युवकको हत्या

मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो।

न्यायका लागि कष्टपूर्ण पैदल यात्रा

‘मनभरि न्यायका आशा छ,’ शीलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरूसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दुरीमा कहिल्यै हिँडेका थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्ने पनि थाहा थिएन।’ यताउता गर्दा साइकल प्रयोग गर्ने उनी पैदल यात्रा गर्नुपर्ने बाध्यता छैन। ‘यो नयाँ अनुभव हो,’ माधप्रसादले भने, ‘खुट्टा भरिएका फोकाको वास्ता छैन। केवल न्याय भन्दै हिँडेका छौं।’

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

बाँकेमा विकराल बन्दै लागुऔषध दुर्व्यसनी

‘लागुऔषध दुर्व्यसनको अवस्था डरलाग्दो भइसकेको छ, परामर्शका लागि यहाँ आउनेको चाप धेरै छ,’ केन्द्रका एक कर्मचारीले भने, ‘नेपालगन्जका अधिकांश स्कुल र कलेजमा लागुऔषध प्रयोगकर्ता रहेछन्, अवस्था एकदमै विकराल बनिरहेको छ।’

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

बाँकेमा काेराेनाकाे तेस्रो लहरबाट तीन लाख बढी मानिस प्राभवित हुने आंकलन

तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाँकेमा तीन लाख ३३ हजार तीन सय ८७ जना कोरोना भाइरसबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

कोभिड मोर्चाका कमाण्डर डा. प्रबिण

बाँकेका २३ बर्षिय एक जना लक्का जवान कोभिडका कारण भेरी अस्पतालको शैयामा छटपटाइरहेका थिए। उनी न बोल्न सक्थे, नत सास फेर्न सक्थे। तर परिवारजन काठमाण्डौँको मेडिसिटी अस्पताल लैजानको लागि हेलिकप्टर चार्टरको पहल थालिरहेका थिए। हेलिकप्टरको टुंगो नलाग्दै युवाको मृत्यु भयो। त्यो दृश्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक डा. प्रबिण गिरीको मानसपटलमा ताजै छ। कोभिडको नाम सुन्ने बित्तिकै उनी त्यो युवाको छटपटिलाई झलझल्ती सम्झन्छन्।

नेपालगन्ज–पोखरा सिधा उडानले पर्यटन क्षेत्रमा उत्साह

यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज र पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन्। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट(नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगन्ज–पोखरा रुटमा यात्रुको चाप धेरै हुने विश्वास गर्छन्।

आजदेखि बुद्धको पोखरा–नेपालगन्ज उडान

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार बुद्धले पहिलो चरणमा सातामा तीन दिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगन्ज–पोखरा उडान गर्दैछ। यात्रुको चाप बढे सातै दिन वा दिनमै एकभन्दा बढी उडान गर्ने योजना बनाएको पनि उनले जानकारी दिए।

भारतमा संक्रमण बढेपछि नेपालगन्जमा त्रास

भारतमा कोरोना भाइरस महामारीको संक्रमण बढेपछि नेपालगन्जमा त्रास फैलिएको छ। यसअघि गत वैशाखमा कोरोना महामारीको दोस्रो लहर पनि भारतबाटै भित्रिएको थियो।

नयाँ ब्यवस्थापन फेर्दै नेपालगन्ज मेडिकल कलेज

‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’

‘कुनैपनि विकल्प नभएपछि झ्यालबाट हाम फाल्न बाध्य भयौं’

मेरो नाम अस्मिनी गुरुङ हो । भेरी अस्पतालको कोभिड आईसियुमा पहिलो चरणको कोरोना महामारीदेखि अहिले सम्म कार्यरत छु । हाम्रो ड्युटीको नाइट सिफ्ट चाही ७ बजेबाट सुरु हुन्छ । उहाँ बिरामी(डिल्ली रावत) चाही कोभिड आईसियुको १३ नम्बर बेडमा भर्ना हुनुहुन्थ्यो । अनि उहाँको अवस्था चाही पहिले देखि सिरियस नै हुनुहुन्थ्यो ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गरः विवेकशील साझा युवा संगठन

विवेकशील साझा पार्टीकाे युवा संगठनले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाहीको माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्