२० आश्विन २०८१ आइतबार
image/svg+xml

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

बाँकेमा कोरोनाको उपचार हुँदै आएको भेरी अस्पताल र शिक्षण अस्पतालमा थप आठ सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगन्जका युवकलाई ‘कन्जरभेसन अवार्ड’

नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी काफ्लेलाई बुधबार भर्चुअल प्रविधीमार्फत नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरिएको हो।

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप

बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले बताए।

नेपालगन्जका युवा काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’

नेपालगन्ज उपमहानगरपालिका १९ निवासी काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)नेपालले वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित उक्त अवार्ड प्रदान गरेको हो।

उपचारमा ढिलाई गरेको भन्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात

बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

'कोरोना संक्रमितलाई निको बनाउँदा आनन्दको अनुभूति हुन्छ'

नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले प्रावि तहको शिक्षिका हुन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगायत विविध विषयमा समाजसेवी माधवी शाहसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद :

बर्दियामा ९ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी र कोहलपुरमा कोभिड अस्पतालमा उपचारको क्रममाा रहेका संक्रमित मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।

मेडिकल कलेजसँग पाँच दिन मात्रै पुग्ने अक्सिजन

संक्रमित बिरामीको चापलाई अस्पतालले थेग्नै गाह्रो छ। अस्पतालसँग भएका सबै बेड भरिभराउ छन्। अक्सिजन अभावका कारण अस्पतालले सीमित संख्यामा मात्र कोरोना संक्रमितको उपचार गरिरहेको छ। अस्पतालमा बेड नपाउँदा संक्रमितले ज्यान गुमाइरहेका छन्।

भेरी अस्पताल र मेडिकल कलेजमा आज थप तीनको मृत्यु

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका थप तीन जना संक्रमितको आइतबार मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा २ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो।

अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

अस्पतालको बेड नपाएर घरमा बसेका धेरै संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमितले अहिले अस्पतालको वार्डमा कसैको मृत्यु वा निको भएर घर फर्केपछि मात्र भर्नाका लागि पालो पाउने गरेका छन्।

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।

कोरोना संक्रमण भयावह बनेपछि नेपालगन्जमा दीप प्रज्वलन

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण भयावह बनेपछि बाँकेमा दीप प्रज्वलन गरिएको छ। कोरोना संक्रमितको शिघ्र स्वास्थ्यलाभका साथै अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउन तथा महामारीमा दिवंगतहरुको आत्माको शान्तिका लागि दीप प्रज्वलन गरिएको हो।

यसरी हुँदैछ नेपालगन्ज विमानस्थलको स्तरोन्नति

विमानस्थल स्तरोन्नतिअन्तर्गत प्राधिकरणले नेपालगन्जमा एप्रोन (जहाज पार्किङस्थल) निर्माणको काम सम्पन्न गरिसकेको छ। उक्त एप्रोनमा करिव ८ वटा ठूला जहाज एकैपटक पार्किङ गर्न मिल्ने प्राधिकरणका अधिकारी बताउँछन्। विमानस्थलको २ सय मिटर रनवे थप विस्तार गर्ने काम भइरहेको छ।

नेपालगन्ज मेडिकल कलेजमा थप चार संक्रमितको मृत्यु

तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ।

नेपालगन्जमा संक्रमण भयावह

समुदायमा फैलिएको संक्रमण नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई बुधबार रातिदेखि ‘लकडाउन’ गरिसकेको छ। तर पनि संक्रमण नियन्त्रणभन्दा बाहिर गइरहेको छ। स्थानीय प्रशासनले गरेको लकडाउनलाई आम नागरिकले पूर्णरूपले पालना गरेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्