coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाही गरः विवेकशील साझा युवा संगठन

विवेकशील साझा पार्टीकाे युवा संगठनले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारबाहीको माग गरेको छ। युवा संगठनले आज एक विज्ञप्ती जारी गर्दै महामारीले देश आक्रान्त बनाइरहँदा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूमाथि भएको भौतिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे।

'अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भिड पुगेर आक्रमणसमेत गर्दा स्वास्थ्यकर्मीहरू माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनु परेको घटनालाई सामान्य रूपमा लिन सकिँदैन,' विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतमले भने, 'हामी यस आक्रमणको घोर भत्सर्ना गर्न चाहन्छौँ।'  

संगठनले भेरी अस्पताल आक्रमणबाट घाइते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठलाई सुस्वास्थ्यको कामना पनि गरेको छ।

यसैगरि, यस प्रकारको अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्दै स्थ्यकर्मीलाई भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App