coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आजदेखि बुद्धको पोखरा–नेपालगन्ज उडान

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई आधार बनाएर ‘क्रस सिटी’ उडानको तयारी थालेको छ। त्यस अनुसार आइतबारदेखि पोखरा–नेपालगन्ज सिधा हवाई उडान सुरु हुँदैछ। कम्पनीले गत वैशाख १८ गतेदेखि नै यो रुटमा उडान गर्ने योजना बनाएकामा निषेधाज्ञाले रोकिएको थियो। बुद्धले पोखराबाट विराटनगर र सिमरासम्म पनि वैशाखदेखि नै उडान थाल्ने योजना बनाएको थियो।

बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार बुद्धले पहिलो चरणमा सातामा तीन दिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगन्ज–पोखरा उडान गर्दैछ। यात्रुको चाप बढे सातै दिन वा दिनमै एकभन्दा बढी उडान गर्ने योजना बनाएको पनि उनले जानकारी दिए। 

बरालका अनुसार पोखराबाट बिहान ९ बजेर १० मिनेटमा जहाज नेपालगन्जका लागि उड्नेछ। नेपालगन्जबाट १० बजे पोखराका लागि उडान हुनेछ। १८ सिट क्षमताका बिचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान गर्ने उनले बताए। पोखरा–नेपालगन्ज ३५ मिनेटको उडान हो। भाडाको हकमा तीनथरी तोकेको छ। महँगो ७६ सय ३५ रूपैयाँ, मध्यमस्तरको ५५ सय ३५ र सस्तो ४९ सय ३५ रूपैयाँ पर्ने उनले बताए।  

प्रकाशित: १७ श्रावण २०७८ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App