१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको सोरुम नेपालगन्जमा

टाटा मोटर्सले नेपालगन्जस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेसनलको उद्घाटन गरेको छ। 

टाटाको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आधुनिक तथा सुविधा सम्पन्न कार सोरुम तथा विक्री केन्द्रको नेपालगन्जमा उद्घाटन गरेको जनाएको छ। टाटा मोटर्स र सिप्रदीको प्रतिबद्घताअनुसार आफ्नो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सोरुम सञ्चालनमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त कार सोरुममा टाटा मोटर्सका नयाँ बिएस ६ का सम्पूर्ण गाडी उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ। कम्पनीले दसैंतिहार लक्षित नयाँ गाडी खरिद गर्दा विभिन्न उपहार योजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ।

प्रकाशित: ५ आश्विन २०७८ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App