२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

विजुक्छेले गरे भक्तपुरबाट मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुरबाट मतदान गरेका छन्। उनले भक्तपुर नगरपालिका वडा नं ५ साकोठास्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट शुक्रबार बिहान मतदान गरेका हुन्।

सिंहदबारको अधिकार गाउँ लैजाने घोषणा कार्यान्वयन नै निर्वाचनः नेम्बाङ

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने बताएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरे मतदान

झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन्।

चितवन पुगेर अध्यक्ष दाहालले गरे मतदान

उनले भरतपुर १४ शान्तिपुर स्थित प्रहरी स्कुलको 'कुमतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

पैसा बाँड्ने र भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सदरमुकाम गौर स्थित श्री राम जानकी कन्या प्राबी मतदान केन्द्रमा मतदान गरेका छन्।

आरोप पुष्टि भए फुटबलको विषयमा चर्चा गर्दिन: गणेश थापा

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन्।

मत्सरीबासीलाई दाहालद्वारा लालपुर्जाको प्रलोभन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको मत्सरी बासीलाई लालपुर्जाको प्रलोभन दिएका छन्।

नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताएका छन्।

ओलीले धम्क्याउँदै भनेः संघ र प्रदेशमा एमालेले जित्छ, पालिकामा अर्कैले जिते योजना कार्यान्वयन हुँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरेली मतदातालाई एमालेले हारेमा विकास नहुने भन्दै धम्क्याएका छन्।

जनताको तागत देखाउँछौः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका छन्। जनताको तागत बैशाख ३० गतेको निर्वाचनपछिको मतपरिणामले देखाउने अध्यक्ष ओलीले बताए।

ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन: महत

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्।

संविधान र सङ्घीय गणतन्त्र रक्षाका लागि निर्वाचनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन्।

धम्काउनेलाई चिसै पानीले नुहाइदिन्छौंः ओली

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विजयलाई विजयी बनाए नयाँ भरतपुर हुने दाबी गरेका छन्। सभालाई सम्बोधन गर्दै उनले भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयरमा हिमला गुरुङ विजयी हुने संकेत देखा परिसकेको दाबी गरे।

तीनथरी मतदाता फकाउँदै एमाले

अध्यक्ष ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्