२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

विजुक्छेले गरे भक्तपुरबाट मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले भक्तपुरबाट मतदान गरेका छन्। उनले भक्तपुर नगरपालिका वडा नं ५ साकोठास्थित श्री विद्यार्थी निकेतन मावि भक्तपुर मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन्।

मतदानका लागि उनी बिहान ठिक साढे आठ बजे परिवारसहित गाडीमा आएका थिए। चालकसहित श्रीमति शोभा प्रधान, छोरा छारा डा. सुवेग प्रधान गरी चार जनाको संख्यामा उनीहरु गाडीबाट आएका थिए। उनले त्यहाँं पुगेको १० मिनेटमा मतदान गरेका थिए।

त्यसपछि सञ्चारकर्मीहरुसँंग १० मिनेट कुराकानी गरी उनले आठ बजेर ५० मिनेटमा सवारीबाटै बाहिरिएका थिए। उनीसँंगै उनकी पत्नी र छोराले पनि त्यही मतदान गरेका थिए। उनको मतदाता नामावली भक्तपुर नगरपालिका वडा नं ५ सुकलढोकामा छ।

उनी पहिला त्यहाँं डेरामा बस्थे। तर अहिले उनी भक्तपुर नगरपालिका वडा नं १० कमलविनायकमा आफ्नै घर बनाइ सरेका छन्। उनको वडामा उनकै भाइ योगेन्द्रमान विजुक्छें वडा अध्यक्षका उम्मेदवार छन्। नेपाल मजदुर किसान पार्टीबाटै उनी वडा अध्यक्षमा उम्मेदवार बनेका हुन्।

भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित जेन्युइन इगलिश स्कुलका प्रिन्सिपल उनले नेपाल मजदुर किसान पार्टीकै तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी पाएका हुन्। बौद्धिक व्यक्तित्वको रुपमा रहेका उनी यसअघि सक्रिय राजनीतिमा थिएनन्।

यसैबीच देशैभरि जस्तै भक्तपुरमा पनि बिहान सात बजेबाट नै मतदान सुरु भएको छ। मतदान गर्नका लागि बिहानैदेखि मतदाता लाइनमा बसेको देखिएको थिए। भक्तपुर जिल्लाभरिमा शुक्रबार दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शान्तिपूर्ण रुपमा मतदान भइरहेका छन्। यहाँं चार वटा नगरपालिकाहरु छन्, भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक।

जिल्लामा भक्तपुरमा ५७ हजार दुई सय ७०, मध्यपुर थिमिमा ४१ हजार आठ सय ४२, चाँंगुनारायणमा ४३ हजार एक सय पाँच र सूर्यविनायकमा ४७ हजार तीन सय ६७ मतदाता रहेका छन्। जिल्लाका चार वटा नगरपालिकाहरु मध्ये सबैभन्दा बढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा छन्।

यहाँं कुल ६२ वटा मतदान केन्द्रहरु छन्। सबैभन्दा कम भने मध्यपुरथिमि नगरपालिकामा छन्। त्यहाँं ४६ वटा मतदान केन्द्रहरु छन्। चाँंगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु छन्।

प्रकाशित: ३० वैशाख २०७९ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App