८ वैशाख २०८१ शनिबार
राजनीति

सिंहदबारको अधिकार गाउँ लैजाने घोषणा कार्यान्वयन नै निर्वाचनः नेम्बाङ

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान गर्दै नेम्बाङ।

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधान निर्माण गर्दा घोषणा गरिएको ‘सिंहदबारको अधिकार गाउँमा’ लैजाने कार्य स्थानीय तह निर्वाचनले कार्यान्वयन गर्ने बताएका छन्।

उनले फेरी एक पटक यो घोषणा कार्यान्वयनका लागि स्थानीय तहको दोस्रो निर्वाचन भइरहेको उनले बताए। गृह जिल्ला इलामको इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेम्बाङले यो निर्वाचनमा विगतको भन्दा बढी मतदाता निर्वाचन प्रति उत्साही पाएको बताए।

‘नागरिकको भावना सम्बोधन गर्न निर्वाचनमा सिंगो देश सहभागी भइरहेको छ,’ उनले भने, ‘म पनि आफूले पढेको क्याम्पसमै मतदान गर्न पाउँदा अत्यन्त खुशी छु।’ निर्वाचनको प्रक्रियामा उत्साहपूर्वक सहभागी भइ आफूले चाहेको दल र उम्मेदवारलाई मतदान गर्न उनले मतदातालाई आग्रह पनि गरे।

प्रकाशित: ३० वैशाख २०७९ ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App