coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन: महत

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्।

प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताएका हुन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे।

उनले सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताए। प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए।

उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए। प्रवक्ता महतले नेपाली कांग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उनले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताए। 

प्रकाशित: २६ वैशाख २०७९ ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App