६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

प्रहरीविरुद्ध छैटौं दिन पनि कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्र कुटेर घाइते बनाउने कार्यमा संलग्न प्रहरीलाई निलम्बनको माग गर्दै छैटौं दिन सोमबार पनि कलैयामा सर्वपक्षीय दलका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।

जुम्लामा आगजनी गरेको आशङ्कामा १० जना प्रहरी नियन्त्रणमा

जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

सिसडोलमा प्रहरी र स्थानीयबिच झडप

काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा लैजाने क्रममा प्रहरी र स्थानीयबिच झडप भएको छ।

कांग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक कुवर

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक वसन्त कुवरले प्रतिबद्धता गरेका छन्।

कांग्रेस नेता कुट्ने प्रहरीलाई निलम्बन माग

कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्रै कुटपिट गरी घाइते बनाउने प्रहरीलाई निलम्बन माग गर्दै बिहीबार पनि कलैयामा प्रदर्शन गरिएको छ।

सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।

ताप्लेजुङ प्रहरीले समात्याे १ सय १९ फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा बिभिन्न घटनामा संलग्न भई पक्राउ पर्नुपर्ने १ सय ३४ जना मध्ये १ सय १९ जनालाई पक्राउ गर्न सफल भएको छ।

ललिता निवासको थुनछेक मुद्दामा बहस सकिएन

ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरूको सुनुवाइ नसकिएपछि बुधबार पनि ‘हेर्दाहेर्दै’मा रहेको छ।

चर्चित प्रकरणको अनुसन्धानः आत्मबल जगाउँदै नेपाल प्रहरी

तालुकदार मन्त्रालयबाट पाँच महिनाअघि मात्रै बिदाइ भएका ‘हाई–प्रोफाइल’ व्यक्ति खाणलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन हच्किएको एक अनुसन्धान अधिकारी बताउँछन्।

सुशासनको दिशामा प्रहरी

निहित स्वार्थका कुख्यात दबाब सामना गर्ने र आवश्यक पर्‍यो भने दबाबकर्तालाई उदाङ्ग बनाइदिने हिम्मत पनि प्रहरीले राख्नुपर्छ ।

विशेष तथा उत्कृष्ट काम गर्ने १० प्रहरीकाे बढुवा

नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए।

प्रहरीको स्टिकर टाँस्ने अभियान सुरु

जिल्ला प्रहरी कार्यालय,कालिकोटले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। प्रहरी र नागरिकबिच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँच सहज बनाउन यो अभियान प्रहरीले आइतबारबाट सुरु गरेको हो। प्रहरीले जिल्ला सदरमुकाममा रहेका घरमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेको छ।

भ्रूण हत्या गर्न नमानेपछि गर्भवतीकै हत्या

कात्तिक २१ म हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गते अर्थात् पाँच महिनापछि बेवारिसे अवस्थामा फेला परेको थियो। नदीमा माछा मार्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीमा ३० वर्षे सेवाको ३१ वर्षे राजनीति

सेवाहदको प्रावधानले संगठन कमजोर भएकामा सबै प्रहरी अधिकारी एकमत छन्। तर पनि केही प्रहरी अधिकारीको स्वार्थका कारण यो हट्न सकेको छैन। पहिले र अहिलेका गृहमन्त्री यसमा सकारात्मक देखिए पनि ऐन संसद्मा पुगेर छलफल नहुँदासम्म यसै भन्न सकिने अवस्था छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्