१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

कांग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक कुवर

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई कारबाही गरिने प्रहरी महानिरीक्षक वसन्त कुवरले प्रतिबद्धता व्यक्त  गरेका छन्। 

प्रहरी कार्यालय भित्र नेता कुटिएको कार्य प्रति हामी संवेदनशील  रहेको र त्यसमा संलग्न रहेकालाई बारा प्रहरी कार्यालयबाट तान्न आदेश गरिएको फोन सम्पर्कमा घटनाको बारेमा बुझ्दा कुवरले यस्तो प्रतिक्रिया दिए। भैयाराम यादवलाई कुटेर घाइते बनाउने कार्यमा संलग्न  रहेका बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह लगाएतलाई निलम्बनको माग गर्दै तेस्रो दिन पनि कलैयामा सर्वपक्षीय दलका नेता, कार्यकर्ताहरूले प्रदर्शन  गरेका छन्।

नेपाली काँग्रेस बाराका उपाध्यक्ष मनोज भट्टको  नेतृत्वमा नेपाली काँग्रेस बाराको पार्टी कार्यालयबाट निस्केको विरोध र्‍यालीले डिएसपी पाण्डे र इन्स्पेक्टर साहलाई निलम्बनको माग गर्दै कलैयाको बिभिन्न भाग परिक्रमा गरि कलैया वीरगन्ज सडक खण्डको  भरत चौक सडक अवरोध गरेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन। विरोध प्रदर्शनमा नेपाल कांग्रेस , माओवादी , जसपा, नेकपा एस लगायत विभिन्न पार्टीका नेता, कfर्यकर्ताहरुको सहभागीता रहेको थियो।

सवारी दुर्घटनामा घाइते भएकालाई उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छलफलमा पुगेका काँग्रेस बाराका सचिव यादवलाई मंगलबार बेलुका प्रहरी निरीक्षक साह लगायतका प्रहरीहरूले कुटपिट गरेर घाइते बनाए पछि जिल्लाका अधिकांश दलहरूले  प्रहरीको ज्यादतीको विरुद्धमा आन्दोलित बनेको नेपाली काग्रेस कलैया उपमहानगरपालिकाका सचिव मुकेश यादवले बताएका छन्।

सवारी दुर्घटनामा घाइते भएका गाउँका स्थानीय सुनिल यादवलाई गाडी धनी कन्हैया गुप्ताबाट उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी निरीक्षक साहको रोहबरमा गाडी धनी , घाइते बिच  छलफल चलिरहेकै अवस्थामा  प्रहरी निरीक्षक रुपेश साहले सबै नेताहरु दलाल रहेको भन्दै नेताहरुको काम नरहेको भन्दै गाली गलौज गर्न थाले पछि त्यसको प्रतिवाद गर्दा सचिव यादव लगायत छलफलमा सहभागीहरूलाई कुटेर लखेट्न प्रहरी नायब उपरिक्षक पाण्डेले निर्देशन गरे पछि प्रहरी निरीक्षक साह लगायतकाले सहभागीहरूलाई कुटपिट गरेका थिए।

छलफलमै  चर्का चर्की भए पछि त्यो रिस साध्नको लागि प्रहरी निरीक्षक साहले वर्दीको आडमा गुण्डागर्दी देखाउन भैयाराम काँग्रेस बाराका सचिव रहको थाहा हुँदा हुँदै पनि आफै कुटेर घाइते बनाएको आरोप छ।सचिव यादवलाई कुटपिट गर्ने प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई निलम्बन गरेर कारबाही नगरे सम्म काँग्रेसको नेतृत्वमा आन्दोलन जारी नै रहने सचिव यादवले बताए। 

प्रहरीको कुटाइबाट घाइते भएका भैयाराम यादवलाई वीरगन्जको स्पर्श हस्पिटलमा भर्ना गरेर उपचार गरिएको छ।गत असार १२ गते कलैया वीरगन्ज हुलाकी सडक खण्डको बघवनमा रोकिएर राखिएको कन्हैया गुप्ताले चलाएको पिक अप भ्यानमा मोटरसाइकल ठोक्दिा सुनिल यादव घाइते भएको थिए।

घाइते भएका यादवको बहुअरी अस्थित रहेको एन एस न्युरो हस्पिटलमा उपचार गराउँदा पाँच लाखको अस्पतालले उपचार खर्च बताए पछि अस्पतालको बिल तिर्नमा दुवै पक्ष बिच विवाद सृजना भएको बारा प्रहरीले बताएको छ ।

प्रकाशित: ५ श्रावण २०८० १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App