२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीविरुद्ध छैटौं दिन पनि कलैयामा प्रदर्शन

नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बाराभित्र कुटेर घाइते बनाउने कार्यमा संलग्न प्रहरीलाई निलम्बनको माग गर्दै छैटौं दिन सोमबार पनि कलैयामा सर्वपक्षीय दलका नेता–कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारको नेतृत्वमा नेपाली कांग्रेस बाराको पार्टी कार्यालयबाट निस्केको विरोध र्यालीले बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रूपेश साहलगायतका डिएसपी पाण्डे र इन्स्पेक्टर साहलाई निलम्बनको माग गर्दै प्रदर्शन गरेका हुन्।

कांग्रेस, माओवादी, जसपा, जनमत, नेकपा एसका नेता कार्यकर्ताहरूले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रहरीविरुद्धमा प्रदर्शन गरेपछि कलैया–वीरगन्ज सडक खण्डको भरत चोक अवरोध गरेर यातायात ठप्पसमेत पारेका थिए।

सवारी दुर्घटनामा घाइते भएकालाई उपचार खर्च दिलाउनका लागि जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छलफलमा पुगेको कांग्रेस बाराका सचिव यादवलाई मंगलबार बेलुका प्रहरी निरीक्षक साहलगायतका प्रहरीहरूले कुटपिट गरेर घाइते बनाएपछि जिल्लाका अधिकांश दलहरूले प्रहरीको ज्याजतीविरुद्धमा आन्दोलित बनेको नेपाली कांग्रेस कलैया उपमहानगरपालिकाका सचिव मुकेश यादएका छन्।

सवारी दुर्घटनामा घाइते भएका गाउँका स्थानीय सुनिल यादवलाई गाडी धनी कन्हैया गुप्ताबाट उपचार खर्च दिलाउनका लागि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी निरीक्षक साहको रोहबरमा गाडी धनी, घाइतेबीच छलफल चलिरहेकै अवस्थामा प्रहरी निरीक्षक रूपेश साहले सबै नेताहरू दलाल रहेको भन्दै नेताहरूको काम नरहेको भन्दै गाली गलौज गर्न थालेपछि त्यसको प्रतिवाद गर्दा सचिव यादवलगायत छलफलमा सहभागीहरूलाई कुटेर लखेट्न प्रहरी नायव उपरीक्षक पाण्डेले निर्देशन दिएपछि प्रहरी निरीक्षक साहलगायतले सहभागीहरूलाई कुटपिट गरेका थिए। छलफलमै चर्काचर्की भएपछि त्यो रिस साँध्नका लागि प्रहरी निरीक्षक साहले बर्दीको आडमा गुन्डागर्दी देखाउन भैयाराम कांग्रेस बाराका सचिव रहेको थाहा हुँदाहुँदै पनि आफै कुटेर घाइते बनाएको आरोप नेपाली कांग्रेस मधेश प्रदेशका सहमहामन्त्री जयनारायण यादवले लगाएका छन्।

प्रहरीको कुटाइबाट घाइते भएका भैयाराम यादवलाई वीरगन्जको स्पर्श हस्पिटलमा भर्ना गरेर उपचार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बारामा मंगलबार बेलुका नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवलाई कुटपिट गरेर घाइते बनाएको घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसएसपी प्रवीन पोखरेलको नेतृत्वमा शुक्रबार छानबिन टोली गठन गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गणेश भट्टराईले एसएसपी प्रवीण पोखरेलको नेतृत्वमा छलबिन टोली गठन गर्नुका साथै कांग्रेस सचिव यादवलाई कुटपिट गर्ने आरोप लागेका डिएसपी पाण्डे र इन्स्पेक्टर साहका बारेमा अनुसन्धन गरिएको बताएका छन्।  

डिएसपी पाण्डेलाई बाराबाट धल्केवर दंगा नियन्त्रण गण र इन्स्पेक्टर साहलाई उदयपुर जिल्ला प्रहरी कार्यालयमा काजमा पठाइएको डिआइजी भट्टराईले बताए।

गत असार १२ गते कलैया वीरगन्ज हुलाकी सडक खण्डको बघवनमा रोकिएर राखिएको कन्हैया गुप्ताले चलाएको पिक अप भ्यानमा मोटरसाइकल ठोक्किँदा सुनिल यादव घाइते भएको थिए।

घाइते भएका यादवको बहुअरीस्थित नए एस न्युरो हस्पिटलमा उपचार गराउँदा उठेको पाँच लाखको बिल कसले तिर्ने भन्ने विषयमा दुवै पक्षबीच विवाद सिर्जना भएको बारा प्रहरीले बताएको छ।

प्रकाशित: ९ श्रावण २०८० ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App