२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

काँग्रेस बाराका सचिव कुट्ने प्रहरीलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन

काँग्रेस जिल्ला सचिव यादवलाई कुटनेलाई निलम्बनको  माग गर्दै काँग्रेस बाराले कलैयामा गरेको विरोध प्रदर्शनमा सहभागीहरू।

नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादवलाई जिल्ला प्रहरी कार्यालय कलैया, बारा भित्रै कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका प्रहरीलाई निलम्बनको माग गर्दै आज पनि कलैयामा प्रदर्शन गरिएको छ।

प्रहरी कार्यालय भित्र कुटपिट गरेर घाइते बनाउने कार्यमा संलग्न रहेका बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह लगाएतकालाई निलम्बनको माग गर्दै नेपाली काँग्रेस र नेकपा एसका नेता, कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन।

नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियार र महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको नेतृत्वमा नेपाली काँग्रेस बाराको पार्टी कार्यालयबाट निस्केको विरोध र्‍यालीले डिएसपी पाण्डे र इन्स्पेक्टर साहलाई निलम्बनको माग गर्दै कलैयाको बिभिन्न भाग परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेको थियो।

सवारी दुर्घटनामा घाइते भएकालाई उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको छलफलमा पुगेको काँग्रेस बाराका सचिव यादवलाई मंगलबार बेलुका प्रहरी निरीक्षक साह लगायतका प्रहरीहरूले कुटपिट गरेर घाइते बनाए पछि नेपाली काँग्रेस र नेकपा एस बाराले प्रहरीको ज्याजतीको विरुद्धमा आन्दोलित बनेको नेपाली काग्रेस बाराका सचिव राजेश रौनियारले आरोप लगाएका छन्।

सवारी दुर्घटनामा घाइते भएका गाउँका स्थानीय सुनिल यादवलाई गाडी धनी कन्हैया गुप्ताबाट उपचार खर्च दिलाउनको लागि जिल्ला प्रहरी कार्यालय कलैयामा प्रहरी निरीक्षक साहको रोहबरमा गाडी धनी , घाइते बिच  छलफल चलिरहेकै अवस्थामा  प्रहरी निरीक्षक रुपेश साहले सबै नेताहरु दलाल रहेको भन्दै नेताहरुको काम नरहेको भन्दै गाली गलौज गर्न थाले पछि त्यसको प्रतिवाद गर्दा सचिव यादव लगायत छलफलमा सहभागीहरूलाई कुटेर लखेट्न प्रहरी नायब उपरिक्षक पाण्डेले निर्देशन गरे पछि प्रहरी निरीक्षक साह लगायतकाले सहभागीहरूलाई कुटपिट गरेका थिए।

छलफलमै  चर्का चर्की भए पछि त्यो रिस साध्नको लागि प्रहरी निरीक्षक साहले वर्दीको आडमा गुण्डागर्दी देखाउन भैयाराम काँग्रेस बाराका सचिव रहको थाहा हुँदा हुँदै पनि आफै कुटेर घाइते बनाएको आरोप रौनियारले लगाए।

जिल्ला प्रहरी कार्यालय भित्रमा प्रहरीहरूले पीडित र पीडकसँग भित्र भित्रै आर्थिक लाभ लिएर काम गर्ने र त्यसमा राजनीतिक दलहरूले कुनै पीडितको पक्षमा गएर बोल्दा त्यस घटनामा आर्थिक लाभ लिन नसकेर प्रहरी अधिकृतहरूले उल्टै गाली गलौज गर्ने परम्परा प्रहरी कार्यालय भित्र बढ्दै गएको रौनियारले बताए।

सचिव यादवलाई कुटपिट गर्ने प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरीक्षक साहलाई निलम्बन गरेर कारबाही नगरे सम्म काँग्रेस बाराले आन्दोलन जारी नै राख्ने सचिव रौनियारले बताए।

प्रहरीको कुटाइबाट घाइते भएका भैयाराम यादवलाई वीरगन्जको स्पर्श हस्पिटलमा भर्ना गरेर उपचार गरिएको छ।

बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले प्रहरी कार्यालय भित्र काँग्रेस सचिव भैयाराम यादवलाई प्रहरीले कुटेर घाइते बनाएको  घटनाको बारेमा आन्तरिक छानबिन समेत शुरु गरिएको बताएका छन्।

छानबिनमा प्रहरीको कुटाइबाट काँग्रेस सचिव यादव घाइते भएको भेटिएमा दोषी प्रहरीहरूलाई कारबाही गरिने बोगटीले बताए।

गत असार १२ गते कलैया वीरगन्ज हुलाकी सडक खण्डको बघवनमा रोकिएर राखिएको कन्हैया गुप्ताले चलाएको पिक अप भ्यानमा मोटरसाइकल ठोक्दिा सुनिल यादव घाइते भएको थिए।

घाइते भएका यादवको बहुअरी अस्थित रहेको नए एस न्युरो हस्पिटलमा उपचार गराउँदा पाँच लाखको अस्पतालले उपचार खर्च बताए पछि अस्पतालको बिल तिर्नमा दुवै पक्ष बिच विवाद सृजना भएको बारा प्रहरीले बताएको छ।        

प्रकाशित: ४ श्रावण २०८० १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App