२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भ्रूण हत्या गर्न नमानेपछि गर्भवतीकै हत्या

भ्रूण हत्या गर्न नमानेपछि बर्दियामा पाँच महिने एक गर्भवतीकै हत्या भएको छ। गुलरिया नगरपालिका–२ की ३० वर्षीया सञ्जु धोबीको हत्या भएको हो। गुलरिया नगरपालिका–१ का ४१ वर्षीया प्रकाश भन्ने ओमप्रकाश यादवले सञ्जुको हत्या गरेको प्रहरी दाबी छ। कात्तिक २१ म गुलरिया नगरपालिका–४ जब्दिघाटआसपास ती गर्भवतीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

कात्तिक २१ म हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गते अर्थात् पाँच महिनापछि बेवारिसे अवस्थामा फेला परेको थियो। नदीमा माछा मार्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धानका लागि महिलाले लगाएका लत्ताकपडा र गरगहना सुरक्षित राखेको थियो।

मृतक सञ्जुको घाँटीमा डोरी बाँधिएको अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जनाए। ‘महिलाको शव सडेगलेको अवस्थामा बेवारिसे भेटिएको थियो’, उनले भने, ‘शव बेवारिसे भेटिए पनि हामीले अनुसन्धान गरेका थियौं।’

भ्रूण हत्या गर्न नमानेपछि बर्दियामा पाँच महिने एक गर्भवतीकै हत्या भएको छ। गुलरिया नगरपालिका–२ की ३० वर्षीया सञ्जु धोबीको हत्या भएको हो। गुलरिया नगरपालिका–१ का ४१ वर्षीया प्रकाश भन्ने ओमप्रकाश यादवले सञ्जुको हत्या गरेको प्रहरी दाबी छ।

घाँटीमा डोरी बाँधिएको अवस्थामा भेटिएपछि प्रहरीले शंका व्यक्त गरेको थियो। ‘पहिचान नभएको शव भेटिएपछि हामीलाई अनुसन्धान गाह्रो भयो। तर, अनुसन्धान रोकेनौं’, उनी भन्छन्, ‘अनुसन्धानमा सहयोग पुग्ने गरी वैशाखतिर मान्छे हराएको निवेदन दर्ता भयो।’ उक्त निवेदन मञ्जुका घरपरिवार (माइती पक्ष) ले दिएका थिए।

घटनास्थलबाट प्रहरीले संकलन गरेका सबुत प्रमाणलाई सहयोग पुग्ने गरी निवेदकले प्रहरीलाई हुलिया दिएका थिए। प्रहरीले उक्त बेवारिसे शवलाई उक्त निवेदनसँग जोडेर अनुसन्धान गर्न थाल्यो र पछि प्रहरी दोषीसम्म पुग्न सफल भयो। सञ्जु र हत्या आरोप लागेका प्रकाशबीच करिब तीन/चार वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ। उनीहरूबीच सहवाससमेत हुने गरेको थियो। सञ्जुको पेटमा प्रकाशको गर्भ रहेको र प्रकाशले भ्रूण हत्या गर्न दबाब दिँदै आएको प्रहरी दाबी छ।

सञ्जुले प्रकाशको दबाब इन्कार गरेपछि हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी शाहीले जनाए। हत्या भएको दिन उनीहरूबीच जब्दीघाटमा दिउँसो करिब १ बजेतिर भेट भएको उनको भनाइ छ।

‘उनीहरूबीच शारीरिक सम्बन्ध पनि भएको रहेछ, जसबाट सञ्जुको पेटमा हत्या हुनुअघि चार/पाँच महिनाको गर्भ थियो’, उनले भने, ‘प्रकाशले भ्रूण हत्या गर्न दबाब दिएको र सञ्जुले इन्कार गर्दा उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ।’ भ्रूण हत्या गर्न प्रकाशले सञ्जुलाई भारतसमेत लगेको प्रहरी दाबी छ।

सञ्जुले प्रकाशको दबाब इन्कार गरेपछि हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी शाहीले जनाए। हत्या भएको दिन उनीहरूबीच जब्दीघाटमा दिउँसो करिब १ बजेतिर भेट भएको उनको भनाइ छ।

कात्तिक २१ मा हत्या भएकी सञ्जुको सनाखत असार १ मा भएको थियो। सोही दिन जाहेरी लिएर आरोपित प्रकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहोराले जनाए।

थप अनुसन्धानका लागि आरोपित प्रकाशलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उनको भनाइ छ। सञ्जुको मात्र नभई भ्रूणसमेत हत्या गरेकाले प्रकाशलाई जन्मकैदको माग गरिएको छ। उनलाई कर्तव्य ज्यानतर्फको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

यस घटनामा बर्दिया प्रहरीले धेरैलाई अनुसन्धानको दायरामा ल्याएको थियो। ‘सञ्जुका घरपरिवारका सदस्यले प्रकाशसँग प्रेम सम्बन्ध रहेको भन्ने जानकारी गराउनुभयो’, डिएसपी बोहराले भने, ‘घटनाका सबुत र उनीहरूबीचको कल रेकर्ड (फोनमा भएको कुराकानीको अभिलेख) जाँच गर्दा दोषीको पहिचान भयो।’

कात्तिक २१ मा हत्या भएकी सञ्जुको सनाखत असार १ मा भएको थियो। सोही दिन जाहेरी लिएर आरोपित प्रकाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहोराले जनाए।

‘प्रकाशसँग सञ्जुका परिवारले सोधखोजसमेत गरेका थिए’, उनी भन्छन्, ‘तर, प्रकाशले कहिले कतै र कहिले कहीं भन्दै ठगी रहेका थिए।’ प्रकाश र सञ्जु दुवै विवाहित हुन्। सञ्जु आफ्ना पतिसँग सम्बन्ध राम्रो नहुँदा माइती घर बस्दै आएको प्रहरीले जनाएको छ। सञ्जुको करिब ८ वर्षको एउटा छोरो छ। प्रकाशले कसुर स्वीकार नगरे पनि सबुत प्रमाण र कल डिटेलले उनी नै दोषी भएको ठहर हुने प्रहरी दाबी छ।

प्रकाशित: ३१ असार २०८० ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App