नेपालमा अडियो भिडियो सोसाइटीको घोषणा भएको छ । चलचित्र विकास बोर्डले अडियो भिडियो सोसाइटी अफ नेपालको औपचारिक रुपमा घोषणा गरेको छ ।
शनिबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा बोर्ड अध्यक्ष दिनेश डीसीसहित १२ संघ-संस्थाका प्रतिनिधिले संयुक्तरुपमा अडियोभिडियो सोसाइटी घोषणा गरेका हुन् ।
विपिन स्थापितको नेतृत्वमा चलचित्र प्राविधिकको नयाँ संस्था ‘अडियो भिडियो सोसाइटी अफ नेपाल’ गठन भएको छ ।
उपाध्यक्षमा बनिश विक्रम शाह, महासचिवमा मणिरत्न त्रिपाठी, सचिवमा रोमी तन्डुकार र कोषाध्यक्षमा डिकेश शाही, सदस्यमा सञ्जीव रत्न शाक्य, निरीक्षा घतानी, उषा कार्की र अमित श्रेष्ठ छन् ।
संस्थाले अडियो, भिडियो, डिजिटल प्रविधि र सिर्जनात्मक प्रयोगलाई अघि बढाउने लक्ष्य राखेको छ।
प्रकाशित: २० पुस २०८२ १७:२३ आइतबार





