२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्।

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

मन्त्रिमण्डलमा महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ ।

गोरखामा कांग्रेस जिल्ला सभापतिमा न्यौपाने सर्वसम्मत चयन

नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। सोमवार भएको जिल्ला अधिवेशनका क्रममा अन्य पदमा आकांक्षी उम्मेदवार धेरै देखिएपनि सभापतिमा न्यौपाने बाहेकका उम्मेवार देखिएनन्। अन्ततः उनी सर्वसम्मत सभापतिमा चयन भए।

काँग्रेस काठमाडौं महानगरको सभापतिमा नीलकाजी शाक्य

आईतवार राती सम्पन्न नेपाली काँग्रेसको काठमाडौं महानगरपालिकाको सभापतिमा प्रतिष्पर्धी प्रगतीमान रञ्जीतलाई पराजित गर्दै शाक्य निर्वाचित भएका हुन्।

अहिलेसम्म सरकारले पूर्णता नपाउनु चिन्ताको विषय होः निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

कांग्रेस अधिवेशन: विराटनगरमा सभापतिका लागि ४ जनाको उमेद्वारी

विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेसहित दीपक चापागाई, सन्तोष न्यौपाने र कृष्ण कार्कीले उमेद्वारी दर्ता गराएका छन्।

पोखरा महानगर कांग्रेस सभापतिमा बिजुक्छे निर्वाचित

नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत नेपाली काँग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । शनिबार सम्पन्न मतदानपछि आईतबार सार्वजनिक भएको मतपरिणाम अनुसार ४१६ मत ल्याउँदै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् ।

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी घोषणा

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली काँग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए।

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।

नगर सभापतिका लागि ६ जनाबीच प्रतिस्पर्धा

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुमा शनिबार मतदान शुरु भएको छ । पोखरा महानगरपालिकाको नगर सभापतिको लागि ६ जना प्रतिस्पर्धामा छन् ।

अन्योलमा कांग्रेस महाधिवेशन

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन्।

विद्यावारिधि गरेका गगन कांग्रेसको बुथ सभापति निर्वाचित

कांग्रेसमा युवा लगातय बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको आकर्षण बढीरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को बुथ सभापतिमा विद्यावारिधि (पिएचडी डाक्टर) गरेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका छन्।

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

महाधिवेशनमा रमेका कांग्रेसीजनप्रति

आजको सन्दर्भमा धर्मर समाजवाद, प्रजातन्त्र,राष्ट्रियताबारे स्वयं बिपीको धारणा के थियो ? गम्भीर बहस होला !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्