९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

गोरखामा कांग्रेस जिल्ला सभापतिमा न्यौपाने सर्वसम्मत चयन

जिल्ला सभापतिमा चयन नन्दप्रसाद न्यौपाने ।

नेपाली कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। सोमवार भएको जिल्ला अधिवेशनका क्रममा अन्य पदमा आकांक्षी उम्मेदवार धेरै देखिएपनि सभापतिमा न्यौपाने बाहेकका उम्मेवार देखिएनन्। अन्ततः उनी सर्वसम्मत सभापतिमा चयन भए।  

नेपाल विद्यार्थी संघको जिल्ला सभापति हुँदै जिल्ला कार्य समितिको सचिव भएका उनी १४ औँ महाधिवेशनबाट सभापतिमा चयन भएका हुन्।  

४३ वर्षीय युवा नेता न्यौपाने प्रखर युवा नेताका रुपमा कांग्रेस भित्र चिनिन्छन्। यस अघि जिल्ला सचिवको रुपमा काम गर्दा उनी गोरखाको सबै क्षेत्रमा कार्यकर्ताको घरदैलोमा पुगेका थिए। करिब एक वर्ष अघिदेखि जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरेका उनले महाधिवेशन प्रतिनिधिमा सबैभन्दा धेरै आठ सय ८० मत प्राप्त गरेका थिए। क्षेत्र नम्बर १ मा एक हजार २७ मत खसेकोमा उनले धेरै ल्याएका हुन्। उनीसँग सभापतिमा कोही पनि दाबेदार देखिएनन्।

आरुघाट गाउँपालिका मान्बुका न्यौपानेले जिल्ला समिति सचिव हुँदा गरेको योगदानका कारण सभापतिमा सर्वसम्मत भएको कांग्रेसका नेताहरु बताउँछन्। नेपाली कांग्रेसलाई अझै बलियो गरेर लैजाने आफ्नो योजना रहेको उनले बताए। ‘सबै साथीहरुलाई समेटर नेपाली कांग्रेस गोरखालाई अझै राम्रो ब्यवस्थित र बलियो पार्टीको रुपमा अघि बढाउने योजना छ’, न्यौपानेले भने।  

उपसभापति, सचिव र सहसचिवमा पदभन्दा धेरै उम्मेदवार भएकाले मंगलबार निर्वाचन हुने देखिएको छ। महासमिति सदस्य पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १८ आश्विन २०७८ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App