coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पोखरा महानगर कांग्रेस सभापतिमा बिजुक्छे निर्वाचित

नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तर्गत नेपाली काँग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् । शनिबार सम्पन्न मतदानपछि आईतबार सार्वजनिक भएको मतपरिणाम अनुसार ४१६ मत ल्याउँदै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी गंगाधर पराजुली भने ३७४ मत ल्याए ।  

निर्वाचित पछि बिजुक्छेले पार्टीकै लागि लड्दै आएको बताउँदै कुनैपनि लाभको पद धारण नगर्ने स्पष्ट पारे । उनले महानगर काँग्रेसलाई अझ बलियो बनाउने तर्फ आफु केन्द्रीत रहेको उल्लेख गरे । ‘वडास्तरमै पार्टीका कार्यकर्ता राजनैतिक प्रशिक्षण दिई सक्रिय बनाउनुपर्ने छ,’ उनले भने–‘वडा ईकाईदेखिका संगठनलाई सक्रिय बनाउन पनि अब प्रशिक्षण दिनुपर्छ ।’ प्रशिक्षण दिई वडा ईकाईलाई सक्रिय बनाउने ध्येय आफुले लिएको उनले प्रष्टयाए ।  

उनले महानगर सचिवालय निर्माण गरी संगठनात्मक गतिविधिलाई बढावा दिनेमा जोड दिए । यसैगरी उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित भएका छन् । उनीहरुले क्रमश ५६९ र ४६४ मत ल्याई विजयी भएका हुन् । सचिवमा टुवराज बास्तोला र गणेशबहादुर थापाले क्रमश ८५९ र ७८९ मत ल्याउँदै निर्वाचित भए । सहसचिवमा भने संघर्ष कोईराला र सन्जय आले विजयी भएका छन् । उनीहरुले क्रमश ५८० र ४६५ मत ल्याए । महानगरमा १३७० मत मध्ये १३४४ मत खसेको थियो ।  

त्यसैगरी कास्कीको मादी गाँउपालिकामा यमबहादुर गुरुङले देवीजंग गुरुङलाई १ मतले पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन् । उनले ९३ मत पाउँदा देवीजंगले ९२ मत प्राप्त गरेका थिए । त्यस्तै माछापुच्छ«े गाँउपालिकाको सभापतिमा बीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । रुपा गाँउपालिका विमल न्यौपाने र अन्नपूर्ण गाँउपालिकमा मनपति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । 

प्रकाशित: १० आश्विन २०७८ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App