चौथो सिजनदेखि नै ‘होम एन्ड अवे’ एनपीएल र रङ्गशाला निर्माणबारे आठै फ्रेन्चाइजसँग छलफल
फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।

