२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस अधिवेशन: विराटनगरमा सभापतिका लागि ४ जनाको उमेद्वारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत विराटनगर महानगरपालिकाको सभापतिको लागि चार जनाले उमेद्वारी दर्ता गराएका छन्। विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेसहित दीपक चापागाई, सन्तोष न्यौपाने र कृष्ण कार्कीले उमेद्वारी दर्ता गराएका छन्। विराटनगरको सभापतिकालागि  ४ जनाले उमेद्वारी दर्ता गराएको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए। उमेद्वारी दर्ता गराउन उमेद्वारहरू समर्थकका साथमा विराटनगर स्थित जिल्ला पार्टी कार्यालय पुगेका थिए। 

निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर महानगर समितिको अधिवेशनका लागि नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय मतदान केन्द्र तोकिएको छ। उमेद्वारी दिएकाहरू मध्ये एक जना संस्थापन पक्षका हुन् भने अन्य ३ जना संस्थापन इतरपक्षका हुन्। संस्थापन पक्षबाट उमेद्वारी दिनेमा सन्तोष न्यौपाने एक मात्रै उमेद्वार छन्। यस्तै उपसभापतिमा ५ जनाले उमेद्वारी दिएका छन्। 

जसमा इन्दु सुवेदी खतिवडा, दिपेन्द्रकुमार सोर्णकार, धनराज गुरूङ, निरज कोइराला, प्रविण जोशिले उमेद्वारी दिएका छन्। सचिवमा झुमा निरौला, तेजिन्द्र भण्डारी, पेशल ढुंगेल र सुजन दाहालले उमेद्वारी दिएका छन्। सहसचिवमा गिरिशकुमार कोइराला, जसमिन कार्की, दिवस नेपाल, इ मनाजिन हसन, शिवप्रसाद पराजुली र सचिन पोखरेलले उमेद्वारी दिएका छन्। 

प्रकाशित: १५ आश्विन २०७८ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App