२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ललितानिवास जग्गा प्रकरण: प्रधानमन्त्रीको निर्देशन मानेको हुँ-गच्छदार

प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सरकारको गुरुयोजना आफूले भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा धेरै पहिलेदेखि नै सुरु भएकोसमेत दाबी गरे। उक्त गुरुयोजना आफ्नो निर्देशन र निर्णयले नबनेको उनको भनाइ छ।

कांग्रेसमा वडासम्मै धाँजा

देउवाले पार्टी कब्जाको नीति लिएको आरोप लगाउँदै नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालासहितले निर्वाचन समितिलाई डडेलधुराको पुनः वडा अधिवेशन गराउन पत्र बुझाएका छन्। संस्थापन पक्षले भने डडेलधुरामा विधिअनुसारै सदस्यता स्वीकृत गरिएको र वडा अधिवेशन भएको जिकिर गरेको छ।

पार्टी र सरकारमा एक्लिँदै देउवा

असार २९ गते प्रधानमन्त्री भएका देउवा नेतृत्वको सरकार गठबन्धन दलबीच सहमति जुट्न नसक्दा पाँच सदस्यमा सीमित छ । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइसँगै देउवाको आलोचना बढ्दै गएका बेला उनले आफ्नै पार्टीमा निकटहरूको पनि साथ गुमाउँदैछन् ।

नेपाली कांग्रेस 'बीपी' को सभापतिमा शेरचन

विशेष महाधिवेशन सम्पन्नपछि चयन भएका पार्टी सभापति शेरचनले कांग्रेस( बीपी) ले जननायक विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे।

साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्। उनीहरूले आआफ्नै पक्षमा भित्रभित्रै तयारी गरिरहेका छन्। उनीहरू अहिले वडा तहबाटै आफू निकट प्रतिनिधिहरू बढीभन्दा बढी ल्याउने र बलियो भएको सन्देश दिने रणनीतिमा छन्।

आशा देखाउनेहरूका नाममा

लोकतन्त्र आएपछि जनताले सुख पाउँछन् भनियो। लोकतन्त्र आयो तर जनताका लागि आएन। शायद अरूकै लागि आयो लोकतन्त्र। त्यसैले लोकतन्त्रबाट अरू नै लाभान्वित भए, जनताचाहिँ हुन सकेनन्।

देउवाप्रति आक्रामक बन्दै पौडेल पक्ष

डडेलधुरा, सुनसरीलगायत अन्य कतिपय ठाउँमा गरिएको वडा अधिवेशनमा शक्ति र सत्ताको चरम दुरूपयोग भएको भन्दै पौडेल पक्षले १४औं महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको जनाएको छ ।

सकारात्मक निर्णय हुनेमा सुमार आशावादी

एमसिसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमतिमै अघि बढ्दा नेपाल र अमेरिका दुवैलाई फाइदा हुने बताएको जानकारी उनका प्रेस संयोजक विष्णु सापकोटाले दिए।

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।

इलाम कांग्रेस सभापतिमा खड्काको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको विभिन्न तहका अधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा सुरु भएको छ।

काँग्रेस अधिवेशन: जिल्ला पार्टी सचिव शाहीको वडामै सभापति छान्न सकस

जिल्ला पार्टी सचिवको वडामा नेतृत्व चयनमा गोलमाल देखिएपछि काँग्रेस वृत्तमा रोचक तरिकाले हेरिएको छ। सबै वडामा सहमतीय हिसावले नेतृत्व छनौट भइरहेको बेला पार्टी सचिवको वडामै विवाद देखिएपछि काँग्रेस वृत्तमा हलचल देखिएको छ।

सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?

पार्टीको १४औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन्।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन्।

कांग्रेस जिल्ला सभापतिहरूले अनशन तोडे

जिल्ला सभपातिहरूको अनशन तोड्न लगाउन कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टी कार्यालय सानेपामा पुगेका थिए। उनीसँग कार्यदलका सदस्य रमेश लेखक र मिनेन्द्र रिजाल पनि सानेपा पुगेका थिए।

कांग्रेस जिल्ला सभापतिले ताेडे अनशन

विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्