१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेस अधिवेशन: जिल्ला पार्टी सचिव शाहीको वडामै सभापति छान्न सकस

नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव तथा सभापतिका आकाँक्षी कर्णबहादुर शाहीको वडामा वडा अधिवेशन हुन सकेको छैन। जुम्लाको कुल ६० वटा वडा मध्ये तातोपानी गाउँपालिकाको वडा नम्बर ८ वडामा मात्रै अधिवेशन हुन नसकेको हो।  वडासभापति चयन गर्न सहमति नजुटेपछि अधिवेशन रोकिएको हो।  

जिल्ला पार्टी सचिवको वडामा नेतृत्व चयनमा गोलमाल देखिएपछि काँग्रेस वृत्तमा रोचक तरिकाले हेरिएको छ। सबै वडामा सहमतीय हिसावले नेतृत्व छनौट भइरहेको बेला पार्टी सचिवको वडामै विवाद देखिएपछि काँग्रेस वृत्तमा हलचल देखिएको छ। निर्वाचन अधिकृत ज्ञानु केसी सबै पदाधिकारी टुंगो लागिसकेको अवस्थामा वडासभापतिमा निष्कर्ष निकाल्न नसक्दा अधिवेशन रोकिएको बताउँछिन्। 

नले भनिन्,‘ अधिवेशन हुन सकेको छैन। प्रक्रियामा गइरहेको छ। अब कसरी लैजाने भन्ने बिषयमा छलफल भइरहेको छ।‘ अधिकृत केसीले भनिन्, ‘आज निर्णयमा पुगिन्छ। निर्वाचन गराएर भएपनि अधिवेशन हुन्छ। अहिले नेता कार्यकर्ताबीच छलफल चलिरहेको छ। ’

वडा सभापतिमा चार जनाको दाबी थियो। जसमध्ये दुई जना डिल्लीबहादुर शाही, एक जना दलबहादुर शाही र अर्को कालीबहादुर शाही थिए। एक जना डिल्लीबहादुरको वडा सभापति हुन योग्यता पुगेन। तीन जना प्रतिश्पर्धी हुन। अधिवेशनमा सहभागि नेता कार्यकर्ताको चर्को दबाव पछि चिट्टा हालेर नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भयो। चिट्टा हाल्दा कालीबहादुर शाहीलाई पर्यो। तर कालीबहादुर शाही र दलबहादुर शाहीको आन्तरिक कलहका कारण त्यो सदर हुन सकेको छैन। त्यहाँ अहिले निर्वाचन हुने स्थिती देखिएको छ।  

प्रतिस्पर्धी दलबहादुर शाहीले प्रक्रियागत ढंगले वडाअधिवेशन हुन नसकेको बताए। उनले भने,‘अहिलेको अवस्थामा चिट्टा हालेर नेतृत्व चयन कसरी हुन सक्छ ? यो कही नभएको जात्रा हाँडी गाउँ भने जस्तै हो। यो मान्य हुदैन। अव निर्वाचनको विकल्प छैन। निर्वाचनमा आउने परिणाम नै सबैका लागि मान्य हुन्छ। ’

म चिट्टा हालेर नेतृत्व छनौट भइसकेकोमा सहमति भइसकेको थिए। उनले भने,‘चिट्टा परेका कालीबहादुरले पारिवारिक कुरा ल्याएर विवाद गर्न खोजेपछि अधिवेशन अनिश्चित भएको हो। तर म काँग्रेसी कार्यकर्ता हो। म संग कुनै प्यानल पनि छैन। अब निर्वाचनमा जान्छु। परिणाम स्वीकार्छु। ’कालीबहादुर शाही पक्षले चिट्टाले छनौट गरिएको वडासभापति चयन प्रक्रियालाई सबैले मान्नु पर्ने बताउँदै आएको छ।

नेपाली काँग्रेसका पार्टी सचिव तथा तातोपानी ८ निवासी कर्णबहादुर शाही नेतृत्व छनौट भइसकेको बताउँछन्। नेतृत्व छनौट भइसकेको छ। एकथरी मान्छेले प्रमाणपत्र र रजिष्टर लुकाइदिएछन। त्यसका कारण विवाद सिर्जना भएको हो। निर्वाचन मण्डलको टोली पुगेर प्रमाणपत्र दिएपछि अधिवेशनले औपचारिकता पाउने बताए।  

प्रतिनिधि पहिले टुंगिसकेको थियो। वडा सभापतिको लागि आन्तरिक टुंगो लागेन। कार्यकर्ताले चिट्ठा हाले। कालीबहादुर शाीहीलाई चिट्ठा पर्यो। दलबहादुरले समर्थन गरेर ताली बजाए। उनीहरु निकट आफन्त पनि हुन्। आन्तरिक विवादले समस्या भइरहेको छ। सचिव शाहीका अनुसार त्यहाँका सबै काँग्रेस देउवा प्यानलका हुन्।  

काँग्रेस जिल्ला सभापति दीपबहादुर शाही तातोपानी ८ को अधिवेशन टुंगो नलागेको बताउँछन्। आन्तरिक विवाद छ भन्ने सुन्नमा आएको छ। खासमा के भएको हो हामीलाई आधिकारीक रुपमा जानकारीमा आएको छैन।  निर्वाचन अधिकृत पनि सम्पर्कमा छैनन्। सभापति शाहीले भने,‘ हाम्रो सुन्नमा आएको खबर अनुसार छलफल गरेर निर्णय गर्दा एक पक्षले असहमति राख्यो। अर्को पक्षले प्रमाणपत्र लिए। दुई पक्षबीच सहमति हुन सकेन। ’दलबहादुर शाही प्रजातान्त्रिक तरिकाले निष्पक्ष रुपमा निर्वाचन गरेर सभापति छनौट गर्नुपर्ने बताउँछन्।  

तत्काल अधिवेशन टुंगो लगाउन नेपाली काँग्रेस जुम्लाले निर्देशन गरेको छ। नेतृत्व छनौटमा देखिएका असमझदारीका विषय छलफल गरेर अधिवेशनलाई अघि बढाउन निर्देशन गरिएको हो। नेपाली काँग्रेसले १९ गते वडाअधिवेशन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको थियो।

प्रकाशित: २१ भाद्र २०७८ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App