४ वैशाख २०८१ मंगलबार
राजनीति

एमाले कर्मचारी संगठन विभाजनको अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विभाजित भएपछि यसको प्रभाव एमालेनिकट कर्मचारीमा पनि परेको छ। एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको अवस्थामा पुगेको छ।

२०५४ सालमा एमाले विभाजित भई नेकपा (माले) गठन हुँदासमेत विभाजन नभएको उक्त कर्मचारी संगठन यसपटक विभाजन हुने अवस्थामा पुगेको हो। संगठनभित्र दुई धारबीचको विवाद सडकमै पुगेको छ।

संगठनका अध्यक्ष केदार देवकोटा एमालेसँग निकट मान्छिन्। एमाले विभाजन हुनुअघि उनी केपी शर्मा ओलीसँग निकट थिए। संगठनका महासचिव  रेवन्त गौतम भने माधव नेपालसँग निकट मानिन्छन्। देवकोटाले असोज २ गते संगठनको भेला तथा केन्द्रीय समितिको बैठक  राखेपछि संगठनभित्र विवाद चर्किएको हो। माधव नेपाल पक्ष कर्मचारीहरूले असोज २ गतेको भेला  रोक्न चेतावनी दिँदै भेला न रोके दुर्भाग्य हुने बताएका छन्।

दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै विज्ञप्ति निकालेका छन्। संगठनमा विवाद सिर्जना हुनुमा दुवै पक्षले एकले अर्कालाई आरोप लगाएका छन्। असोज २ गते भेला बोलाएको पक्षले कुनै पनि अवस्थामा भेला स्थगित नहुने प्रष्ट पारेको छ। यता, भेला स्थगित नगरेमा संगठन फुट्नेसम्मको चेतावनी माधव पक्षनिकट कर्मचारीको छ।

संगठनका अध्यक्ष केदार देवकोटाले असोज २ गते बोलाएको भेला कुनै पनि अवस्थामा स्थगित नहुने प्रष्ट पारे। ‘क–कसले के–के भन्छन्, त्यो उनीहरूको कुरा हो तर असोज २ गते बोलाएको भेला कुनै पनि अवस्थामा स्थगित हुँदैन,’ देवकाटोले भने। गौतमले भने एकलौटी ढंगबाट असोज २ गते भेला बोलाइएको बताए। उक्त भेला स्थगित नगरेमा संगठनको लागि दुर्भाग्य हुने उनको भनाइ छ। देवकोटाले कर्मचारी संगठनलाई पार्टीको भ्रातृ संगठन जस्तो बनाउन खोजेको गौतमले आरोप लगाए। उनले भने, ‘नेपाल निजामती कर्मचारी संगठन एमालेको भ्रातृ संगठन होइन। यो संगठन पार्टी फुटेपछि फुट्ने, पार्टी जुटेपछि जुट्ने भन्ने हुँदैन।’

केदार देवकोटाले भेलाको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाएका छन्। यसमा पनि माधव पक्षसँग निकट कर्मचारीहरूलाई मन परेको छैन। स्रोतका अनुसार माधव पक्षनिकट कर्मचारीले दुईवटा  रणीति बनाएका छन्। पहिलो  रणनीतिअनुसार असोज २ गते बोलाइएको भेलामा माधव नेपाल पक्षधर कर्मचारीहरू पुग्ने  र त्यहाँभित्रै नारावाजी  र प्रतिरोध गर्ने  रणनीति बनाएका छन्। दोस्रो  रणनीतिमा निजामती सेवा नियमावली संशोधन गरी ट्रेड युनियन विभाजन गर्ने सोच बनाएका छन्।

नेपाल निजामती कर्मचारी संगठन सबैभन्दा ठूलो कर्मचारी संगठन हो। आधिकारिक ट्रेड युनियको निर्वाचन उक्त संगठन पहिलो स्थानमा विजयी भएको छ। पहिलो स्थानमा विजयी भएको कारण आधिकारिक ट्रेड युनियनको अध्यक्ष पद सोही कर्मचारी संगठनले पाएको छ। आधिकारिक ट्रेड युनियनको चुनावमा दोस्रो स्थान हासिल गरेको नेपाली कांग्रेसनिकट निजामती कर्मचारी युनियनले महासचिव पद पाएको छ।

आधिकारिक ट्रेड युनियनका कार्यवाहक सभापति भोला पोखरेलले निजामती कर्मचारी संगठनलाई कुनै पनि अवस्थामा विभाजन गर्न नहुने बताए। ‘कर्मचा री संगठनमा  राजनीति ल्याउनु हुन्न। कुनै पनि अवस्थामा संगठनलाई विभाजन हुनबाट रोक्नुपर्छ,’ पोखरेलले भने।

प्रकाशित: २५ भाद्र २०७८ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App