१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद भरतकुमार शाह छन्। 

आईतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्। पूर्वसञ्चारमन्त्री समेत रहेका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस्भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे।

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाईप्रति ऐक्यवद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे। उनले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए।

यता, सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए। उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ समेत दिए। सभापति शाहले आफू २०५६ सालदेखि संसदमा रहेको तर समितिका विगतका सभापतिहरुले राजीनामा नदिएको प्रसंग उल्लेख त्यसै गरेर अघि बढने धारणा समेत राखे। सभापति शाहले विपक्षले सो कुरा उठाउनु धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास समेत व्यक्त गरे।

समितिका सभापति शाहले सो सम्बन्धमा संसदमा कुरा उठाउन पनि एमालेका सांसदद्धय बास्कोटा र गौतमलाई सुझाव दिए। उनले यस्ता विषयहरु कुरा उठाउन विपक्षहरुको धर्म भएको टिप्पणी समेत गरे।

प्रकाशित: २४ आश्विन २०७८ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App