४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अहिलेसम्म सरकारले पूर्णता नपाउनु चिन्ताको विषय होः निधि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिएका छन्। गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख समेत व्यक्त गरे। उनले सरकारले अझै पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराए।  

उपसभापति निधिले भने, ‘८१ दिन भो गठबन्धनको तर्फबाट सरकार बनेको तर गठबन्धनबीच सहमति नभएको कारण हाम्रै पार्टीका सभापति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन सकेको छैन। मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको यो सारै चिन्ता र दुःखको विषय हो।'

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे। उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए। काँग्रेस नेता अर्जुननरसिंह केसीले हिँसालाई त्यागेर मात्रै गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्न सकिने स्पष्ट पारे।

प्रकाशित: १६ आश्विन २०७८ १२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App