२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

किन खिइँदै गए उपेन्द्र यादव ?

कुनै बेला संसद्को चौथौ शक्तिका नायक बनेका उपेन्द्र यादव अहिले पाँचजना सांसदका नेता हुन पुगेका छन्।

‘माओवादी र मधेसी जनताबीच सम्बन्ध बिगार्न गौर नरसंहार’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसमा माओवादी पार्टी र मधेसी जनताबीच सम्बन्ध बिगार्न प्रतिक्रियावादी शक्ति मिलेर गौर नरसंहार घटना गराएको आरोप लगाएका छन्।

जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!

मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।

राजनीतिमा मधेसी महिला

आज राजनीतिमा महिला प्रतिनिधित्वका लागि होडबाजी भइरहेको छ। सरकार पनि महिला आरक्षणको व्यवस्था गरेर सामाजिक र राजनीतिक क्षेत्रमा महिला समावेशिताको वकालत गरेको छ।

२०८० अर्थात् दलितविरोधी वर्ष

नेपालमा मधेसी दलित समुदायको जनसंख्या ४.४ प्रतिशत छ तर उनीहरू अदालत तथा न्यायालयमा अहिलेसम्म पनि न्यायाधीश पदमा नियुक्त हुन पाएका छैनन्। जसरी राज्यले मधेसी दलितलाई बहिष्करण गर्दै आएको छ, न्यायालयले पनि यस्तो ऐतिहासिक बहिष्करणलाई निरन्तरता दिँदै आइरहेको छ।

मधेसीलाई हेर्ने आँखा

दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन।

मधेस आन्दोलनको १७ वर्ष : पहिचान स्थापित, अधिकारका लागि अझै संघर्ष

समावेशी राज्य व्यवस्थाका लागि पहिचान र संघीयताको मुद्दा उठाएको मधेस आन्दोलनले १७ वर्ष पार गरेको छ।

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, ३० जना पक्राउ

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।

थारु र मधेसी आयोगबीच द्वन्द्व

मधेसी आयोगले २०७६ देखि यो काममा हात हालेको थियो। जनसंख्या र मधेसी जातिबारे वास्तविकता पहिचान गर्ने र आवश्यक नीतिनिर्माणका लागि सरकारलाई सुझाव दिने उद्देश्यले थर सूचीकरण अगाडि बढाएको थियो।

कमजोर बन्दै मधेसी दल

पहिलो संविधान सभाको निर्वाचनमा महत्वपूर्ण र निर्णायक शक्तिको रूपमा उदाएका मधेस केन्द्रित दलहरू पछिल्लो समय आधारभूमिमै कमजोर बन्दै गएका छन्।

तीन दिनसम्म निर्जला व्रत बसी मधेसी समुदायका महिलाले मनाउने जितिया पर्व सुरु

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ।

गठबन्धनको सहारा खोज्दै मधेसी दल

स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन्।

'जानकी मन्दिर संरक्षणमा अघि बढ्नेछौँ'

केही दिन अघि जानकी मन्दिरको गहरगहना हराएका समाचार बाहिर आएको बताउँदै सोका सम्बन्धमा कहाँ के र कति थियो र हाल अवस्था कस्तो छ भन्ने जानकारी हासिल गर्न सम्बन्धित निकायसँग सम्पर्क गरी अघि बढ्ने बताए।

मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’

वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्