विकासशील राष्ट्र: अवसर कि चुनौती ?
गत वर्ष निम्न मध्यम आय मुलुक हुनु र हाल विकासशील मुलुकमा सिफारिस भइ प्राप्त भएको ‘दोहोरो स्तरोन्नति’ ले अन्तर्राष्ट्रिय स्तरमै नेपालप्रति सकारात्मक सन्देश प्रवाह भएको छ।
गत वर्ष निम्न मध्यम आय मुलुक हुनु र हाल विकासशील मुलुकमा सिफारिस भइ प्राप्त भएको ‘दोहोरो स्तरोन्नति’ ले अन्तर्राष्ट्रिय स्तरमै नेपालप्रति सकारात्मक सन्देश प्रवाह भएको छ।
नरैनापुरका कोरोना संक्रमितलाई आफ्नै ठाउँमा आइसोलेसन बनाएर राख्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले तयारी गर्यो। तर, विद्युत् अभावका कारण आइसोलेसन सञ्चालन गर्न असम्भव भयो। स्थानीय प्रशासनको अगुवाइमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नरैनापुरमा विद्युत् पुर्याउने संकल्प गरे।
अघिल्लो वर्षको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय निकायमा ५ देखि १५ बेडको अस्पताल स्थापनाको कार्यक्रम समावेश गरिएको थियो। सर्ने तथा नसर्ने रोगको उपचार तथा रोकथामका कार्यक्रम, सातै प्रदेशमा विशिष्ट अस्पताल निर्माणलगायतका योजना लागु गर्ने प्रक्रिया सुरु भएको थियो।
संवाद सुरु गर्ने नाममा प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादाको बेवास्ता गर्दै भारतीय गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटारमा बोलाएरै स्वागत गरेपछि त्यसले पनि नेपालको कूटनीतिक सम्बन्ध कसरी अघि बढ्दै छ भन्ने विषयमा बहस सिर्जना गरिदिएको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षभन्दा मुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि २९ गतेसम्म ३ हजार ४ सय ५ लाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका संक्रमित रहेका छन्।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्।
५० वर्षसम्म संयुक्त राष्ट्रसंघको अल्पविकसित राष्ट्रको सूचीमा रहेको नेपालले केही साताअघि यो सूचीबाट स्तरोन्नति हुने सिफारिस पायो। योसँगै यसले नेपाललाई पुग्ने फाइदा र आइपर्ने चुनौतीबारे बहस सुरु भएको छ।
नेपाल अबको पाँच वर्षपछि अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसी (सिडिपी) ले सन् २०२६ मा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाइ पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।
सर्वोच्च अदालतको फैसलाले एमालेर माओवादी केन्द्र पार्टीलाई ब्युँताइदिएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन्। सर्वोच्चको फैसलाले सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमालेर नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएको छ। एमाले पार्टीले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत लिन नेपाली कांग्रेस र राजपाको साथ आवश्यक हुने भएको छ।
सहरी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला त्यसबारे वैज्ञानिक विधिसम्बन्धी ‘भर्चुअल’ छलफल गरिएको छ। बुधबार ६ वटा महानगरपालिका र ओमनमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको संस्था अलवियाका प्रतिनिधिहरूबीच नेपालको फोहोर व्यवस्थापन र सहरी सुन्दरताबारे छलफल भएको हो। त्यसक्रममा सहरी क्षेत्रमा जनसंख्या र बस्ती बढेसँगै फोहोर व्यवस्थापनसम्बन्धी कठिनाइबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।
मुलुकमा पहिलोपटक चीनको वुहानबाट फर्केका एक नेपालीमा गत वर्ष माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसको एक वर्ष ५ दिनपछि बुधबार कोभिड–१९ विरुद्ध खोप लगाउन थालिएको छ ।
चैतदेखि रोकिएको कक्षा १२ को अन्तिम परीक्षा गराउन परीक्षा बोर्ड सफल भएको छ । यही सफलताको आधारमा काठमाडौंका विद्यालयले विद्यार्थीको उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनका लागि सबै तयारी गरिसकेका छन् । तर काठमाडौं महानगर भने काठमाडौंमा जोखिम बढी रहेकाले विद्यालय खोल्ने पक्षमा छैन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको बताएका छन् । वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताए ।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनावद्ध बिकास र संबृद्धिका लागि पाँच वर्षे आवधिक बिकास योजना निर्माण गरिएको हो ।