१० मंसिर २०८१ सोमबार
image/svg+xml

पोखरा घुम्न आएका विदेशीलाई भाइटीका

‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सुनाए।

विद्युत् निर्यात १ अर्ब युनिट नाघ्यो,झण्डै ८ अर्ब आम्दानी

भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो।

अर्थतन्त्र सुधारोन्मुख, महँगीले ढाड भाँच्योे

विदेशी मुद्राको सञ्चितिले पहिलेभन्दा बढी अवधिको आयात धान्न सक्ने अवस्था बनेको छ। तर यसो भन्दैमा सञ्चिति बढेको अवस्था भने होइन। प्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, राष्ट्र बैंक

नेपालमा हेजिङ चाहिन्छ भन्दा देश बर्बाद बनायो भन्ने आरोप लाग्योः अर्थमन्त्री

‘वैदेशी लगानी ल्यानको लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वास हुनुपर्छ। हाम्रो नीति, कानून र व्यवहारका कारणले विश्वास नभएको अवस्था छ। सरकारले वैदेशिक ऋण कति लिने भन्ने प्रश्न छ। ऋण लिने तर मुलुकको उत्पादन नबढाउने, हाम्रो ढुंगा बिक्री गर्न नपाउने, काठ काट्न नपाउने, हाम्रो जडिबुटी बिक्री गर्न नमिल्ने? हाम्रो रिस्वर्स प्रयोग गर्न नहुने अनि विकास गर्ने के बाट? गर्ने कसरी? गम्भीर प्रश्न छ। पहाड फोरेर ढुंगा चलाउनै हुन्नरे कुनै ठाउँ नचलाउने होला। एउटा पहाड खनेर बिक्री गर्न किन मिल्दैन?'

निर्वाचनमा विदेशी पर्यवेक्षकलाई छैन चासो

संविधानसभा र त्यसपछिको आम निर्वाचनमा पर्यवेक्षणको इच्छा राख्दै निर्वाचन आयोगमा आवेदन दिने विदेशी पर्यवेक्षक दर्जनको हाराहारीमा हुन्थे। तर अगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि त्यसरी आह्वान गर्दा विदेशी पर्यवेक्षकको चासो न्यून देखिएको छ।

अब विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।

विदेशी पाहुना आगमनः पहिलो नम्बरमा भारत, दोस्राेमा अमेरिका

यो वर्षको सात महिना (जनवरी–जुलाई) को अवधिमा नेपालमा विदेशी पाहुना भित्रिने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ। दोश्रो नम्बरमा अमेरिका, तेश्रोमा बेलायत पर्छ। चौथोमा बंगलादेश र पाँचौ नम्बरमा अस्ट्रेलिया पर्छ। विदेशी पाहुनाको आगमनले पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको व्यवसायीले बताएका छन्।

ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथ: उपेन्द्र यादव

केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन्। पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन्।

श्रीलङ्काबाट सिक्नुपर्ने पाठ

चालु आ.व. मा व्यापार घाटा राष्ट्रिय बजेटको आकारको र जि.डि.पी. को ३५ प्रतिशत हुने देखिन्छ। यो अत्यन्त भयाबह स्थिति हो। यस विषयगत क्षेत्रमा नेपालको स्थिति श्रीलङ्काको भन्दा खतरनाक छ।

विदेशिएका नेपालीको कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक

विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको पारिवारिक कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

चिकित्सा शिक्षा पढ्न विदेशी आएनन्

नेपालले मेडिकल शिक्षामा विदेशी विद्यार्थी भित्र्याउन नसक्दा विदेशी विद्यार्थीका लागि छुट्ट्याइएको कोटासमेत पूरा हुन सकेको छैन।

अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो डलरको भाउ

विदेशी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलर खरीद गर्न नेपालीले कम्तिमा एक सय २६ रूपैयाँ ३४ पैसा तिर्नुपर्ने भएको छ।

ग्लोबल बैंकले हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा दिने

ग्लोबल आइएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीलाई आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटही सुविधा प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्