१२ असार २०८१ बुधबार
image/svg+xml
Shivaraj Shrestha malla
शिवराज श्रेष्ठ मल्ल


शिवराज श्रेष्ठ मल्लका लेखहरु :

मानवविकास र यसका सूचकाङ्कहरू

विकास भन्ने शब्दलाई सबैले आआफ्नै प्रकारले बुझ्ने गरेकाले यो भ्रामक शब्द बनेको छ र यसबारे समान अवधारणा बन्न सकेको देखिन्न।

श्रीलङ्काबाट सिक्नुपर्ने पाठ

चालु आ.व. मा व्यापार घाटा राष्ट्रिय बजेटको आकारको र जि.डि.पी. को ३५ प्रतिशत हुने देखिन्छ। यो अत्यन्त भयाबह स्थिति हो। यस विषयगत क्षेत्रमा नेपालको स्थिति श्रीलङ्काको भन्दा खतरनाक छ।

इँटा ओसार्ने विद्वान् र शक्तिशाली राजा

भैरव रिसाई जनतालाई ठूलो दुःख दिन थालेका थिए। जान्ने बुझ्ने, तान्त्रिक गुभाजूहरूसँग परामर्श गर्दा भैरव समेतले मान्नुपर्ने तन्त्रशास्त्रका अधिष्ठात्री महासिद्धिलक्ष्मीको तीनतले भैरव मन्दिरभन्दा अग्लो मन्दिर, भैरवकै अगाडि बनाएमा भैरव शान्त भई उनले रक्षा गर्न सक्दछन् भन्ने सर्वसम्मत समाधानको उपाय आएको थियो।

पर्णकुटीमा बस्ने प्रधानमन्त्री

साना–साना दुर्बल राज्यलाई युनानीले सहजै जिती गुलाम बनाएको देखेका चाणक्यले चन्द्रगुप्तलाई विशाल र सशक्त राष्ट्र निर्माण गर्न मार्गदर्शन दिए। तद्अनुरूप चन्द्रगुप्तले मैसूर र तामिल प्रदेशका साथै गुजरात र सिन्धसम्मका राज्यहरूलाई मौर्य साम्राज्यमा मिलाइसकेका थिए।

नौ धार्नी सुन र बन्धक बनाइएका राजकुमार

उपरोक्त ऐतिहासिक तथ्यको परिप्रेक्ष्यमा विचार गर्दा नागमल्ल विरक्तिएर जोगी भई अछाम गएको नभई विखण्डन हुन लागेको जुम्ली राज्य जित्ने उद्देश्यले अछाममा युद्ध गर्न गएको मान्नुपर्छ। उनलाई बचाउने द्यौमा नामकी नारी बालविधवा ब्राह्मणी नै भएको र उनको खर्क खप्तडकै पूर्वी छेउमा रहेको लौरी विनायकतिर हुनुपर्छ।

हार्नेहरूको इतिहास: भक्तपुरका आदिविद्रोही अवधूतसिंह मल्ल

तीन दिन चलेको भक्तपुरको युद्धमा हार खाई तीनैजना राजाहरूले पगडी झिकी देखाई विसं १८२६ मा आत्मसमर्पण गर्नुपरयो। मात्र १५०० गोर्खालीले भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएका थिए। भक्तपुरको प्रख्यात अभिलेखालय समेत जलाइएको थियो।

विक्रम संवत्का प्रवर्धक चन्द्रगुप्त विक्रमादित्य साँखुमा

मानदेव (प्रथम)को प्रमाणित राज्यकाल सन् ४६४–५०५ रहेकाले मानदेवभन्दा पहिलेका र धर्मदेवभन्दा पछिका राजा विश्वदेवको भोग वर्ष ४८ मानी हेर्दा धेरै वर्ष बाँचेका (राज्यभोग वर्ष ५१ मानिएका) धर्मदेवको राज्यकाल सन् ३६५–४१६ को हुने देखिन्छ। दुवै सम्राट् समुद्रगुप्त र चन्द्रगुप्त (द्वितीय) विक्रमादित्यको राज्यकाल सन् ३२८ देखि ४१५ सम्मको बीचमा रहेकाले पनि विक्रमसेन छद्म नामले चन्द्रगुप्त (द्वितीय) विक्रमादित्य नेपालमण्डलमा आई साँखुकी वज्रयोगिनीको तन्त्रसाधना गरी मानसिक र भौतिक शक्ति सञ्चय गरेको वर्णन इतिहाससम्मत नै हुने देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्